मनाङ : जाडो याममा बस्न प्रतिकुल हुने भएकाले मनाङवासी जाडो छल्न बेँसी झर्ने गर्छन्। तर यस पटक जाडो छल्न बेँसी झर्ने वेलामा उनीहरू जिल्ला भित्रिँदै छन्।मंसिरर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा रहेका हुन्। बाहिर रहेका जिल्लावासी फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ‘मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्’, उनले भने। अहिले हिउँ पर्ने समय भएको छ। खानेपानी नै जम्ने अवस्थामा छ।