चिसो छल्न उपल्लो मुस्ताङवासी बेँसी झर्दै

पर्वत – चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए । यसरी […]

सम्बन्धित सामग्री

सुनसान भयो सुन्दर मुस्ताङ

उपल्लो मुस्ताङका ल्होमन्थाङ तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश बासिन्दा चिसो छल्न बेँसी झरिसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तल्लो भेक अन्तर्गत पर्ने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका क्षेत्रका पनि झन्डै आधा जनसङ्ख्या चिसो छल्न बेँसी झरिसकेको बताउनुभयो । अहिले उपल्लो मुस्ताङ क्षेत्रमा निश्चित मानिस मात्रै धेरै घरको रेखदेखका लागि बसेको उहाँको भनाइ छ ।

अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि सुनसान उपल्लो मुस्ताङ

पर्वत, कात्तिक १४ । चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताईन् […]