बागलुङ : हिउँदमा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटवासीको परम्परा नै हो। जेठ अन्तिम सातादेखि असारसम्म निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका बासिन्दा आफ्ना गोठ लेकमा सार्ने गर्छन्। यसपछिका करिब ४ महिना बेँसी सुनसानजस्तै हुन्छ। बर्खा रोकिएर चाडपर्व शुरु भएपछि मात्र उनीहरू बेँसी झर्न थाल्छन्।४ महिनादेखि सुनसान भर्कोबाङमा यति वेला निकै रमझम छाएको छ। वडा नम्बर ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ।मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थ