रोल्पा – रोल्पामा पहिलो पटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिज पालनको भिडिओ युट्युबमा हेरेर प्रभावित भएका एक युवाले आफ्नाे व्यक्तिगत लगानीमा कालिज पालन व्यवसाय सुरु गरिएकाे हाे ।रोल्पाको परिवर्तन गाउँपालिका–५ राङकोटका मिलन रोकाले केही महिना अघि युट्युबमा कालिज पालनको बारेमा भिडिओ हेर्नुभयाे । जिल्लामै केही नयाँ व्यवसाय गर्ने सोच बनाइरहनु भएका रोकाका लागि त्याे भिडिओ नै नयाँ व्यवसायको मार्गदर्शन बन्न पुग्यो । फलस्वरुप सदरमुकाम लिबाङमा जग्गा भाडामा लिएर करिब २० लाख रुपैयाँ लगानी...