कर्णाली प्रदेशमा पहिलो पटक व्यावसायिक कालिज पालन थालिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्लामा केही युवाहरूले व्यावसायिक कालिज पालन सुरु गरेका हुन् ।
‘एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च’ प्रालिले फ्रान्समा पाइने ५२ प्रजातिका कालिजमध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको छ । २० रोपनी जग्गा १० वर्ष लिजमा लिएर ८८ लाखको लगानीमा कालिन पालन फर्मको सुरुवात गरिएको सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिए ।