कैलालीमा व्यावसायिक कालिज पालन

विकास न्यौपानेले कालिज पाल्न थालेको ४ वर्ष भयो । कैलालीको चुरे गाउँपालिकाको निंगलाडीमा उनले ३० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रूपमा काजिल पालन सुरु गरेका हुन् ।

सम्बन्धित सामग्री

२३ लाख लगानी गरेर कालिज पाल्दै २१ वर्षीय लक्ष्मण

सल्यान : कुमाख गाउँपालिका-३ मर्मका २१ वर्षीय लक्ष्मण बुढा मगरले २३ लाख रुपैयाँ लगानीमा व्यावसायिक कालिज पालन सुरू गरेका हुन्। आइएसी एजी (कृषि विज्ञानमा प्रमाणपत्र तह) अध्ययन सकेका उनले शारदा नगरपालिका-१५ सिमतारामा भाडामा जग्गा लिएर एक वर्षअघि कालिज पालन सुरु गरेका हुन्। उनले कर्णाली इन्टिग्रटेड कृषि फर्म दर्ता गरेका छन्।बिएसी एजी पढ्न काठमाडौं गएका बेला कोरोना महामारीका कारण शिक्षण संस्था बन्द भएपछि कृषि पेशामा हात हालेको उनले बताए। कृषि विषय नै पढेकाले जोखिम भए पनि कृषि व्यवसायमा लागेको लक

युट्युबमा हेरेर व्यावसायिक कालिज पालन !

रोल्पा – रोल्पामा पहिलो पटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिज पालनको भिडिओ युट्युबमा हेरेर प्रभावित भएका एक युवाले आफ्नाे व्यक्तिगत लगानीमा कालिज पालन व्यवसाय सुरु गरिएकाे हाे ।रोल्पाको परिवर्तन गाउँपालिका–५ राङकोटका मिलन रोकाले केही महिना अघि युट्युबमा कालिज पालनको बारेमा भिडिओ हेर्नुभयाे । जिल्लामै केही नयाँ व्यवसाय गर्ने सोच बनाइरहनु भएका रोकाका लागि त्याे भिडिओ नै नयाँ व्यवसायको मार्गदर्शन बन्न पुग्यो । फलस्वरुप सदरमुकाम लिबाङमा जग्गा भाडामा लिएर करिब २० लाख रुपैयाँ लगानी...

विदेशमा सिकेर कालिज पालन

बाबुराम श्रेष्ठ पाल्पाको रामपुरमा जन्मे । इटालीमा १८ र जर्मनीमा २ वर्ष गरी २० वर्ष वैदेशिक रोजगारीमा बिताए । आफ्नो परिवारलाई चाहिने धन–सम्पत्ति जोडे । तर यत्तिमा उनको मन थामिएन । उनले ३ वर्षदेखि व्यावसायिक कालिज पालन सुरु गरेका छन् ।

व्यावसायिक कालिज पालनमा रमाउँदै युवा

बाँके – बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिज पालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । खजुरा–४ मा व्यावसायिक कालिज पालन गर्नुभएका पौडेलले कालिजको एक दिनको चल्लालाई एक हजार चार सय रुपैयाँमा बिक्री गर्ने गरेको बताउनुभयो ।  ‘एक दिनको चल्ला एक हजार चार सय रुपैयाँमा बिक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्’, उहाँले भन्नुभयो, ‘खानलायक भइसकेको एउटा कालिजलाई तीन हजार पाँच सय रुपैयाँ पर्छ ।’अस्ट्रेलियाबाट कालिजको ...

४५ डिग्री तापक्रममा व्यावसायिक कालिज पालन सुरु

पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन सुरु भएको छ ।१४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कलिज पालन सुुरु गरिएको हो ।खजुरा गाउँपालिका– का दीपक पौडेल गत चैत ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यवसायीक कालिज पालनमा लाग्नुभएको हो । उनीसँग यतिबेला १ हजार कालिज छन् । फार्मका […]

नेताको कालिज पालन

धादिङ सदरमुकाम धादिङबेँसीबाट करिब छ कि.मी.पार गरेपछि नीलकण्ठ नगरपालिका–७ स्थित निबुवा स्वारा पुगिन्छ । निबुवा स्वारा नजिकैको हिटी भन्ने स्थानको डाँडामा चिटिक्क पारेर बनाइएका टहराहरूले मन नै लोभ्याउँछ । टहराले मात्र होइन, यहाँ पुग्ने जो कोहीको मन प्रकृतिक वातावरणले पनि आकर्षित गर्छ । यस ठाउँबाट धादिङ जिल्लाका केही रमणीय स्थलहरुको दृश्यावलोकन गर्न सकिन्छ । टहरा नजिकै श्री शुभारम्भ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरिएको छ । यही कृषि फार्मले यहाँ टहराहरू पनि बनाएको हो । कृषि फार्ममा कालिज पालन गरिएको छ । अहिले यहाँ कारिब एक हजार तीन सय जति कालिज पालिएका छन् । यो कालिज फार्म धादिङ जिल्लाकै पहिलो फार्म पनि हो भने यही फार्मबाट कालिजका चल्लाहरू लगेर अन्यत्रका युवाले व्यावसायिक कालिज पालन पनि गरेका छन् । फार्मका अलवा भविष्यमा रिसोर्ट पनि सञ्चालन गर्ने उद्देश्यका साथ टहराहरु निर्माण गरिएको रहेछ ।

कर्णालीमा पहिलो कालिज पालन

कर्णाली प्रदेशमा पहिलो पटक व्यावसायिक कालिज पालन थालिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्लामा केही युवाहरूले व्यावसायिक कालिज पालन सुरु गरेका हुन् । ‘एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च’ प्रालिले फ्रान्समा पाइने ५२ प्रजातिका कालिजमध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको छ । २० रोपनी जग्गा १० वर्ष लिजमा लिएर ८८ लाखको लगानीमा कालिन पालन फर्मको सुरुवात गरिएको सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिए ।