मेलवर्नमा एक नेपाली विद्यार्थीको मृत्य भएको एक साता नबित्दै अस्ट्रेलीयाकाे सीड्नीमा अर्का एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। उदयपुरका स्थायीबासिन्दा अन्जन कुमार भट्टराई सिड्नीस्थित आफ्नै डेराभित्र मृत भेटिएका हुन्। उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन।चिकित्सकहरुका अनुसार ब्रेनह्यामरेजबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान छ। आइतबार साँझ साथीभाईसँग भेटघाटपछि अन्जनअसाइन्मेण्ट गर्न डेरामै बसेकाथिए करिब १ घण्टापछि काममा गएका साथीहरु फर्किएर आउँदा अन्जान अचेत अवस्थामा भेटिएका थिए। चिकित्सकहरुले सोमबार बिहान करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए। कोरोनाबाट विस्तृत रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारणबारे तथ्य खुल्ने चिकित्सकहरुले बताएका छन्। अन्जन सिक्युयु विश्वविद्यालयमा एकाउण्टिङमा स्नातकोत्तर अध्ययन गर्दै थिए । विगत केही समय देखि अन्जनले खुट्टाको दुखाइका कारण नियमित औषधी सेवन गर्दैआएको उनका साथी अभिषेक थापाले बताएका छन्।