खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढी त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्याएर एन्टी रेबिज भ्याक्सिन लग