४ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्युु भएपछि तनाव भएको छ । सोमबार दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो । बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् । मृतककी भतिजी […]