काठमाडौँ। काठमाडौँका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका– ४ पुरानोगुहेश्वरीबाट बुधबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका– ४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार र तारकेश्वर नगरपालिका– ४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका– ३ घर भएका १८ वर्षीय किशोर रहेका छन्।