तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा अहिलेसम्म रहेको उहाँको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थ...