काठमाडाैं : नेकपा एमालेमा देखिएको विवाद थप चर्किने संकेत देखिएको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट नेपाल–खनाल समूहसँग संवाद सुरु गरे पनि विवाद थप चर्किँदै गएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताबीच आज वार्ता भएको थियो।वार्तामा दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेनन्। नेपाल–खनाल समूहले फागुन २८ गते ओलीले बालुवाटारमा एकलौटी बैठक राखेर गरेका निर्णय खारेज भएमात्रै सहमति हुनसक्ने प्रस्ताव गरेको थियो। तर प्रधानमन्त्री