निर्वाचन आयोगमा सन्ध्या तिवारीका नाममा दर्ता भएको पुनर्गठित नेकपा एमालेको नाम परिवर्तन भएको छ । सो पार्टीको नाम अब जनता जनवादी पार्टी (जजपा) रहने भएको छ ।नेकपाभित्र विवाद चर्किरहेका बेला गत साल सन्ध्या तिवारीका नाममा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गरिएको नेकपाको अर्को खेमाले आरोप लगाउँदै आएको थियो ।सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै एमाले ब्युँताइदिएपछि तिवारीको एमाले खारेज भएको हो ।निर्वाचन आयोगले तिव