नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ । विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरुमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी बर्दिवास बजारमा निक्कै गर्मागर्मा बढेको छ । केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुण सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावेदारीमा गरिरहेको चर्चा