भारतको जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत

आईएमएफले भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण अत अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।

सम्बन्धित सामग्री

भारतको जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको २०२४–२५ का लागि जीडीपी वृद्धि प्रक्षेपण अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।

भारतको जीडीपीमा ८.४ प्रतिशत वृद्धि, ठूला अर्थतन्त्र भने समस्यामा !

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ८.४ प्रतिशत वृद्धि भएको छ ।  समाचार संस्था बीबीसीको अनलाइनमा प्रकाशित समाचार अनुसार एक वर्षअघिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा भारतको अर्थतन्त्रमा उक्त वृद्धि भएको हो । यससँगै भारतले सबैभन्दा द्रूत गतिमा वृद्धि हुने अर्थतन्त्र कायमै भएको छ ।  भारतको अर्थतन्त्रमा वृद्धिको समाचारसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा पोष्ट लेखेका छन्, ‘यसले भारतीय अर्थव्यवस्थाको बल र यसको सम्भावना देखाउँछ ।’  केही महीनाअघि भारतको अर्थतन्त्र ४ ट्रिलियन डलर पुगेको छ । भारतले अबको केही वर्षमा आफ्नो अर्थतन्त्र ५ ट्रिलियन बनाउने लक्ष्य लिएको छ ।  गत वर्ष प्याजजस्ता मुख्य खाद्यान्न महँगो हुँदा जनताको खर्च शक्ति प्रभावित भएको थियो । त्यसपछि सरकारले मुद्रास्फीति नियन्त्रण गर्न विभिन्न उपायहरू ल्याएको थियो । हालैका वर्षहरूमा, प्रधानमन्त्री मोदीले पूर्वाधारमा सरकारी खर्च बढाएका छन् । यस्तै, भारतलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न मद्दत गर्न फोन, इलेक्ट्रोनिक्स, ड्रोन र सेमीकन्डक्टरहरूको उत्पादनलाई बढावा दिन प्रोत्साहन प्रस्ताव गरेका छन् । भारतको अर्थतन्त्रमा वृद्धि देखिँदा ऊभन्दा ठूला अर्थतन्त्र भने समस्यामा देखिएका छन् । विश्वको तेस्रो र चौथो ठूलो अर्थव्यवस्था जापान र जर्मनीमा अर्थतन्त्रमा संकुचन देखिएको छ । सन् २०२३ को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्र मन्दीमा गएको छ भने जर्मनीको अर्थतन्त्र मन्दीमा जाने खतरामा छ । त्यहाँको केन्द्रीय बैंकले यो वर्ष (सन् २०२४)को पहिलो त्रैमासमा देशको अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी दिइसकेको छ ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रमा पनि पछिल्लो समय चुनौती देखिएको छ । चीनले पछिल्लो समय सम्पत्ति बजारको संकट, युवा बेरोजगारीलगायत समस्या भोगिरहेको छ ।  यता अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा भारतको अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने अपेक्षा गरेको छ । चीनमा भने यो वृद्धि ४.६ प्रतिशत मात्र हुने आईएमएफको प्रक्षेपण छ । एजेन्सीको सहयोगमा

विश्व बैंकले घटायो भारतको वृद्धि प्रक्षेपण

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०२३/२४ भारतको अर्थतन्त्र ६ दशमलव ३ प्रतिशतले बढ्नेछ । यो अनुमान यसअघिको भन्दा शून्य दशमलव ३ प्रतिशत अंक कम हो । उच्च महँगी अनि बढ्दो कर्जा लागतका कारण निजी खपत सीमित बनेको भन्दै बैंकले भारतको वृद्धि प्रक्षेपण घटाएको हो । विकसित अर्थतन्त्रको कसिलो मौद्रिक नीति, चीनको कमजोर आर्थिक वृद्धिदर र युक्रेनमा रुसको आक्रमणको उल्लेख्य नकारात्मक प्रभावलाई भारतले सहन गरेको हो । यो वर्षको अहिलेसम्मको अवधिमा यी झट्काको प्रभाव उत्कर्षमा पुगेर कम हुँदै गएको छ । क्षेत्रीय आर्थिक अवस्था पनि सुध्रिएको छ । सन् २०२२ को उत्तरार्द्धदेखि नै व्यापार घाटा पनि कम हुँदै गएको छ । तर, यी यावत कुराहरू भइरहँदा पनि आर्थिक वृद्धिदर भने निरन्तर सुस्त नै रहने विश्व बैंकको भनाइ छ । उच्च स्तरमा रहेको महँगीका कारण निजी खपत घटेको अनि  फिस्कल कन्सोलिडेशनले सरकारी खर्च प्रभावित हुने अनुमानका कारण वृद्धि प्रक्षेपण घटाइएको हो ।  बैंकले भारतको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको भएपनि विश्वको प्रक्षेपण बढाएको छ । अमेरिका समेतका अन्य प्रमुख अर्थतन्त्रहरू अघिल्लो प्रक्षेपणभन्दा उत्थानशील रहेकोतर्फ औंल्याउँदै बैंकले विश्वव्यापी वृद्धि प्रक्षेपण भने बढाएको छ । वित्तीय जोखिम विश्व अर्थतन्त्रमा कालो बादलको रूपमा रहेको भए पनि बैंकले सन् २०२३ को विश्वव्यापी वृद्धि प्रक्षेपण शून्य दशमलव ४ प्रतिशतले बढाएको छ । बैंकका अनुसार यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव १ प्रतिशतले बढ्ने बैंकले आफ्नो पछिल्लो प्रतिवेदनमा बताएको छ । यसअघि जनवरीमा गरिएको प्रक्षेपणमा यो दर १ दशमलव ७ प्रतिशत मात्रै हुने भनिएको थियो । यद्यपि, वृद्धिको यो दर अघिल्लो वर्षको भन्दा कम हुनेछ । सन् २०२२ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतले बढेको थियो । विश्वभर ब्याजदर उच्च रहँदा उदीयमान बजार र विकसित अर्थतन्त्रमा वित्तीय दबाबको जोखिम चर्किएको बैंकले प्रतिवेदनमा भनेको छ । सन् २०२५ मा विश्वको आर्थिक वृद्धिदर सुध्रिएर ३ प्रतिशतमा उक्लिने बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक मन्दीको संघारमा रहँदा विश्वको जीडीपी सुस्ताइरहेको जनवरीमा बैंकले चेतावनी दिएका थियो । तर, त्यसयता अमेरिकामा श्रम बजार मजबुत बन्यो भने खपत पनि अपेक्षा गरेभन्दा धेरै नै भयो । चीनको अर्थतन्त्र पनि कोभिडका कारण लगाइएको लकडाउनको प्रभावबाट छिट्टै उब्रियो । एजेन्सी

टर्कीमा भूकम्पबाट ३४ अर्ब डलरभन्दा बढी क्षति, जीडीपी वृद्धिदर १ प्रतिशत गुम्ने !

काठमाडौं । यो महीनाको शुरुमा टर्कीको दक्षिण पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको दुई ओटा भूकम्पमा ३४ अर्ब डलरभन्दा धेरै क्षति भएको अनुमान गरिएको छ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले आफ्नो प्रारम्भिक अनुमानमा यस्तो बताएको हो । भूकम्पबाट ३४ अर्ब २० करोड डलर क्षति भएको अनुमान गरिएको छ । यो टर्कीको कुल गार्हस्थ्य उत्पादनको झन्डै ४ प्रतिशत हाराहारी हो । यो आकलनसँगै बैंकले २०२३ को लागि टर्कीको वृद्धि प्रक्षेपण आधा प्रतिशत अंकले घटाएको छ । बैंकले यसअघि यस वर्ष टर्कीको अर्थतन्त्र साढे ३ प्रतिशतदेखि ४ प्रतिशतबीचमा बढ्ने बताएको थियो । टर्की भूकम्पको क्षतिको प्रभावबारे फरकफरक अनुमान आएका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्ग इकोनोमिक्सको हिसाबले भूकम्पको क्षतिका कारण यो वर्ष जीडीपी वृद्धिदरको १ प्रतिशत गुम्ने बताएको थियो । जेपी मोर्गन चेज एन्ड कम्पनीले एउटा प्रतिवेदनमा भूकम्पको भौतिक संरचनामा २५ अर्ब डलर बराबर क्षति भएको हुन सक्ने बताएको थियो । यो त्यहाँको जीडीपीको साढे २ प्रतिशत भएको बताइएको थियो । कूलमध्ये आधा क्षति आवासीय भवनमा पुगेको विश्व बैंकको भनाइ छ । उक्त भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पमा परेर टर्की र सिरियामा ५० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।  विश्व बैंकले टर्कीलाई राहत र पुनःबहालीको कामका लागि १ अर्ब ७८ करोड डलर सहायता दिने घोषणा गरेको छ । दुई ओटा विद्यमान परियोजनामार्फत बैंकले तत्कालीन सहायताअन्तर्गत ७८ करोड डलर दिएको छ । सोमवार मात्रै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले राहतका प्रयासहरूमा त्रुटि भएको स्वीकार गरेका थिए । एजेन्सी

चालू वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको हो ।त्यसैगरी बैंकले सन् २०२४ का लागि भने ४.९ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको छ […]

२०२२ मा नेपालकाे आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत : विश्व बैंक

काठमाण्डाै – विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आँकलन गरेको छ । 'नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२' प्रतिवेदन आज साेमवार सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आँकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो हप्ता 'वर्ल्ड इकनोमिक आउटलुक : का...

नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल विकास अपडेट सार्वजनिक गर्दै सोमबार विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५.१ प्रतिशतले बढ्ने अनुमान गरेको हो । त्यस्तै, विश्व बैकले चालु आर्थिक वर्षमा नेपालको महँगी ५.५ प्रतिशतले बढ्ने...

एडीबी भन्छ-नेपालको जीडीपी ३.५ प्रतिशत

काठमाडौं। एसियाली विकास बैंक(एडीबी)ले नेपालको कूल गार्हस्थ्य उत्पादन(जीडीपी) ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। यो गतवर्षको तुलनामा १.९ प्रतिशतले संकुचन भएको हो। बैंकद्वारा आज जारी 'एसियाली विकास परिदृश्य'अनुसार, कोरोनाका कारण पूर्वअनुमानित आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ। कृषि उत्पादकत्व २.४ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवाक्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ।