हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश समितिले गठबन्धनविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै गठबन्धनविरुद्ध दर्ता भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। बानियाँले लोकतन्त्रलाई कमजोर बनाउन उद्यत शक्तिलाई कमजोर बनाउन गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि स्वतन्त्र रूपमा दिइएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।‘यो गठबन्धन बृहत् शान्ति सम्झौताको जगमा रहेको समेत स्मरण गर