सत्तारुढ ५ दलीय गठबन्धन विरूद्धको दर्ता भएको उम्मेदवारी फिर्ता गर्न नेपाली काँग्रेस बागमती प्रदेश समितिले आग्रह गरेको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बिहीबार एक विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धन विरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन् ।उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्यत शक्तिविरूद्ध वर्तमान गठबन्धन बनेकाले स्वतन्त्र रुपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारल