नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सोमबार साँझ ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट बागी उम्मेदवारी दिएकालाई सोमबार ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न समय दिएको हो ।माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध गएर बागी उम्मेदवारी दिनेले आफ्नो उम्मेदवारी फिर्ता नगरेमा पार्टीको विधान र बागमती प्रदेश कमिटीको निर्वाचन निर्देशिका २०७९ अनुसार का