पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अखिल क्रान्तिकारीद्वारा निगमको कार्यालय घेराउ तथा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ तथा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आइतबार दिउँसो प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मूल्य वृद्धिविरुद्ध नाराबाजी गर्नुका साथै टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । पछिल्लो पटक वृद्धि […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायीहरुले घेराउ गरे काठमाडौं महानगरको कार्यालय

फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्। रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू ¥यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन्।‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन्।

मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरि

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ पक्राउ

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल …

एमसीसीको विरोध उदयपुरमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

उदयपुर– एमसीसीको विरोधमा ६ राजनीतिक दल र दुई मोर्चाले उदयपुर प्रशासन कार्यालय घेराउ गरेका छन् । एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नुपर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला […]

जनमत पार्टीद्वारा निर्वाचन कार्यालय घेराउ, निर्वाचनमा अवरोधको चेतावनी

किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । मंगलबार जनकपुरधाममा जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्‍याली नगरको विभिन्न क्षेत्रको परिक्रमा

एमसीसी सम्झौता खारेजको माग गर्दै एमसीए कार्यालय घेराउ

काठमाडौँ, २७ मङ्सिर। अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी र मोर्चाहरुले एमसीए कार्यालय अघि प्रदर्शन गरेको जनाइएको छ । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको […]