नेपालसहित दक्षिण एसियामा ४० वर्षयताकै ठूलो आर्थिक संकट : विश्व बैंक

काठमाडौं । कोरोना भाइरसका कारण भारतसहित दक्षिण एसियाली देशहरू पछिल्लो ४० वर्षयताकै ठूलो आर्थिक संकटको सिकार

सम्बन्धित सामग्री

निजी अस्पतालमा  छिर्‍यो आर्थिक संकट

काठमाडौँ– केही समययता विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपालमा पनि पर्न थालेको छ । यहाँका वित्तीय संस्था, सहकारी, उद्योग, व्यापार, मिडिया सबै क्षेत्र प्रभावित भएका छन् । अब यो आर्थिक मन्दीको असर निजी अस्पतालभित्र पनि छिरेको छ । कोरोना कालमा ठूलो लगानीमा सञ्चालनमा आएका काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रका धेरै निजी अस्पताल अहिले बन्द हुने […]

व्यापारी र उद्योगीले बैंक चलाउँदा आर्थिक संकट : डा. कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगी व्यापारीले बैंक चलाउँदा अहिले आर्थिक संकट गहिरिएको बताएका छन् । विश्वका कुनै पनि विकसित मुलुकमा व्यापारी र उद्योगीले बैंक खोल्न नपाउने उनको भनाइ छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारी र उद्योगीले बैंक सञ्चालन गर्न नहुने बताए । ‘विश्वका विकसित मुलुकमा उद्योगी र व्यापारीले बैंक खोल्न नपाउने नियम छ, नेपालमा भने उद्योगी र व्यापारीले बैंक खोल्न पाउने भएकाले अहिलेको आर्थिक संकट गहिरिएको हो,’ डा. कोइरालाले भने ।  बैंकहरूले अहिले लगानीयोग्य रकमको अभाव नरहेको बताए पनि गरीबहरूले १० लाख ऋण लिन जाँदा नदिने तर त्यही बैंकले एक अर्ब रुपैयाँ ऋण लिन जानेलाई तत्काल दिने गरेको उनले बताए । बैंकहरूले समेत गरीब र धनीबीचमा विभेद गर्ने गरेकाले गरीबको जीवनस्तर माथि उठ्न नसकेको डा. कोइरालाको भनाइ छ । पूँजीगत बजेट खर्च गर्न नसकेर विकास निर्माणका काम प्रभावित भइरहेको अहिलेको अवस्थामा सरकारले चालू खर्च पनि ऋण काढेर गरिरहेको बताए । सरकारले कर्मचारीलाई तलब खुवाउन पनि एसियाली विकास बैंक र विश्व बैंकसँग ऋण लिएको उनले बताए ।  बैंकहरूले अहिले लगानीयोग्य रकमको अभाव नरहेको बताए पनि गरीबहरूले १० लाख ऋण लिन जाँदा नदिने तर त्यही बैंकले एक अर्ब रुपैयाँ ऋण लिन जानेलाई तत्काल दिने गरेकोउनले बताए ।  कोइरालाले विस्तारै सबै ठिक हुदै जान्छ भनेर सरकारमा बस्नेले भने पनि यो सरकार परिवर्तन नभएसम्म केही कुरा ठिक नहुने बताए । उनले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य कुनै पनि क्षेत्रमा सुशासन कायम हुन नसकेकाले अहिलेको सरकारको नेतृत्व परिवर्तनपछि कुशल नेतृत्वले मात्र मुलुकमा स्थायित्व दिने उल्लेख गरे ।  भ्रष्टाचारीलाई कारबाहीको सट्टा भ्रष्टाचार छोप्न अर्काे ठूलो भ्रष्टाचार सरकारले गरिरहेको आरोप कोइरालाले लगाए । उनले सुनकाण्ड र ललिता निवास प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न पनि गरे । भर्खरै सार्वजनिक भएको एनसेल प्रकरणमा सबैको मिलिभगत रहेको भन्दै नेता कोइरालाले सरकार, कर्मचारी, व्यापारी मिलेर यो प्रकरण भएको तर अब अन्तिममा नाम भने केही व्यापारीको मात्रै आउने र अरु सबै चोखिने काम हुने बताए ।  मुलुकभरका ६ लाख ७७ हजार सटरमध्ये ४० प्रतिशत मात्र खुला रहेको बाँकी बन्द भएको उनले बताए । ‘यो एउटा उदाहरणले पनि मुलुकको आर्थिक अवस्था कस्तो छ र तल्लो वर्ग कसरी प्रताडित भएको छ भन्ने बुझ्न सकिन्छ, यो एउटा इन्डिकेटर हो,’ कोइरालाले भने । अघिल्लो वर्ष उच्च शिक्षाका लागि १ खर्ब २७ अर्ब बाहिरिएको भन्दै उनले मुलुकभित्रका विश्वविद्यालय र कलेजहरूले के गरिरहेका छन् भनेर प्रश्न गरे ।  आर्थिक अवस्था खस्कँदै गएको कारण ग्रामीण क्षेत्रका गृहिणीले एकथरीमात्र तरकारी पकाउन थालेको भन्दै केही दिनपछि दालको सट्टा त्यही एउटा तरकारीमा झोल हालेर भात खानुपर्ने अवस्था आउने उनले बताए । नेतालाई भ्रष्टाचार गर्दा पनि उन्मुक्ति मिलेसम्म मुलुक आर्थिक रूपमा सबल नबन्ने नेता कोइरालाले बताए ।  मुलुक बनाउने सोच भएको नेतृत्वले मात्रै गर्न सक्ने भन्दै उनले कृषि उत्पादन बढाएर त्यसमा आधारित उद्योग स्थापनापछि देशको विकास हुँदै जाने बताए । आत्मनिर्भर नभई मुलुकको अर्थतन्त्र सही दिशामा नजाने उनको कथन छ ।  कार्यक्रममा ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८० भागिरथी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झाले प्राप्त गरेका छन् ।

श्रीलंकालाई ५० करोड डलर दिँदै विश्व बैंक

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले चरम आर्थिक संकट भोगिरहेको श्रीलंकालाई ५० करोड डलर बजेट सहायता दिने भएको छ । अर्को बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषबाट पाउनु पर्ने वित्तीय सहायताको किस्ता मार्चयता रोकिएको छ । यस्तोमा बैंकले बजेट सहायता भनेर ५० करोड डलर दिने सहमति गरेको छ । यसअघि रोयटर्सले विश्व बैंकले ७० करोड डलर बजेट र कल्याण सहायता दिन सक्ने भन्दै समाचार छापेको थियो । विश्व बैंकको यो रकम दुई किस्तामा आउने बताइएको छ । एजेन्सी

विश्व आर्थिक संकट र नेपालमा प्रभाव

कोरोना महामारीका कारण करिब दुई वर्ष थला परेर अझै तङ्ग्रिन नसकिरहेको विश्व अर्थतन्त्र फेरि ठूलो संकटमा फस्दै गइरहेको छ । बढ्दो महँगी, कमजोर आर्थिक वृद्धिदर, सेयर बजारमा देखा परिरहेको समस्या, घर–जग्गा कारोबारमा छाइरहेको मन्दी, उत्पादनमा सुस्तता र वितरण प्रणालीमा समस्या अहिलेको अर्थप्रणालीको प्रतिकूलताका मुख्य संकेत हुन् । विश्वस्तरमै यी संकेत ठूलै संकटका अभिव्यक्ति हुन् ।

विश्व आर्थिक संकट र नेपालमा प्रभाव

कोरोना महामारीका कारण करिब दुई वर्ष थला परेर अझै तङ्ग्रिन नसकिरहेको विश्व अर्थतन्त्र फेरि ठूलो संकटमा फस्दै गइरहेको छ । बढ्दो महँगी, कमजोर आर्थिक वृद्धिदर, सेयर बजारमा देखा परिरहेको समस्या, घर–जग्गा कारोबारमा छाइरहेको मन्दी, उत्पादनमा सुस्तता र वितरण प्रणालीमा समस्या अहिलेको अर्थप्रणालीको प्रतिकूलताका मुख्य संकेत हुन् । विश्वस्तरमै यी संकेत ठूलै संकटका अभिव्यक्ति हुन् ।

“अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा”

अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो । अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ […]

अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट उत्पन्न गराउँदैछ : तालिबान

अफगानिस्तानको आर्थिक कारोबारमा रोक लगाइएकोमा आपत्ति जनाउँदै तालिबानका नेता तथा अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादरले अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, 'जब देशमा आर्थिक संकट बढिरहेको छ तब विश्व मौन छ ।'

कोभिड–१९ ले शिथिल पारेको विश्व अर्थतन्त्र र नेपाल

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण लाखौं व्यक्तिको मृत्यु भएको छ भने लाखौं संक्रमित भई उपचारको अवस्थामा छन् । आज विश्वले एकैपटक स्वास्थ्य र आर्थिक संकट बेहोर्नुपरेको कारण गरिबी, बेरोजगारी र आय असमानता बढ्ने अनुमान छ ।कोभिड–१९ रोगको संक्रमणबाट हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीपछि बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लगानी अत्यन्त न्यून […]