कोरोना महामारीका कारण करिब दुई वर्ष थला परेर अझै तङ्ग्रिन नसकिरहेको विश्व अर्थतन्त्र फेरि ठूलो संकटमा फस्दै गइरहेको छ । बढ्दो महँगी, कमजोर आर्थिक वृद्धिदर, सेयर बजारमा देखा परिरहेको समस्या, घर–जग्गा कारोबारमा छाइरहेको मन्दी, उत्पादनमा सुस्तता र वितरण प्रणालीमा समस्या अहिलेको अर्थप्रणालीको प्रतिकूलताका मुख्य संकेत हुन् । विश्वस्तरमै यी संकेत ठूलै संकटका अभिव्यक्ति हुन् ।