काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा भयो । यही बीचमा नेपाल प्रहरीका दुई जना प्रहरी प्रमुख (आइजिपी)ले अवकाश पाए । तर, १० साउन २०७५ मा बलात्कार पछि हत्या गरिएकी निर्मलाको हत्यारा अझै भेटिएको छैन । तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले हत्यामा संलग्न रहेका मुख्य अभियुक्त पक्राउ परिसकेको …