प्रहरी प्रधान कार्यालय र त्यहाँका कमाण्डर प्रहरी महानिरीक्षक (आईजीपी) गृह मन्त्रालयको मातहतमा हुन्छन् । गृहमन्त्री र गृहमन्त्रालयको आदेशमा चल्नुपर्ने आईजीपी अहिले दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । एकातर्फ बालुवाटारबाट प्रधानमन्त्रीकै निकटस्थहरुबाट विभिन्न प्रहरी अधिकृतहरुको सरुवा गरिदिनुपर्ने दबाव आउने, अर्कोतर्फ गृहमन्त्रालयबाट बेग्लै निर्देशन आउने गरेका कारण आइजीपी शैलेश थापा क्षेत्री तनावमा परेका छन् ।प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले गत असोज ४ गते ट्राफिक प्रहरी कार्याल