सरकारले निर्णय गर्न नसक्दा १४ वटा मेडिकल कलेज वर्षैदेखि अनुमति विनै सञ्चालनमा रहेका छन् । किष्ट मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, नेशनल मेडिकल कलेज लगायतका मेडिकल कलेज अनुमति बिनै सञ्चालनमा रहेका हुन् ।महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदन अनुसार सरकारले ११ वर्षदेखि निर्णय गर्न नसक्दा यस्तो भएको हो । ती मेडिकल कलेजहरूले सरकार समक्ष सञ्चालनको अनुमति माग गर्दै निवेदन पेस गरिसकेका छन् ।तर, राष्ट्रिय भवन संहिता, २०६० बमोजिम भवन निर्माण भएको कागजा