आर्थिक वर्ष २०७२/२०७३ सालदेखि नियमित बजेट भाषणमा प्राथमिकतामा पर्ने सुर्खेत मेडिकल कलेज हालसम्म पनि बन्न सकेकाे छैन। अहिलेसम्म मेडिकल कलेजका लागि आवश्यक जग्गा प्राप्ति समेत गर्न नसकेको हो । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने बजेट भाषण गरेका छन् ।सुर्खेतमा मेडिकल कलेज बनाउनका २०७६ जेठमा सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको थियो । तर, वर्षदिन वितिसक्दा पनि मेडिकल कलेज स्थापनाको कुनै प्रक्रिया