अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७/०७८ मा भ्रष्टाचारसम्बन्धी २२ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् ।
आयोगका अनुसार उक्त आवमा जम्मा २२ हजार ६२५ भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् । जसमध्ये आयोगको केन्द्रीय कार्यालय टंगालमा ११ हजार ७७ र मातहतका कार्यालयहरुमा ११ हजार ५४८ उजुरी दर्ता भएको आयोगले जनाएको छ ।