खस्कँदो शिवम् सिमेन्टको वित्तीय विवरण, १ वर्षमा १२ सय शेयरमूल्य घट्यो, संस्थापक नै बेच्दै

यसको असर कम्पनीको शेयरमूल्यमा पनि देखिएको छ । विगतमा खरिदमा देखिने चाप अहिले बिक्रीमा देखिएको छ ।

सम्बन्धित सामग्री

आर्थिक वर्ष ०७९/८० मा शिवम् सिमेन्टको सर्वाधिक रकमको शेयर कारोबार

काठमाडौं । गत आर्थिक वर्ष ०७९/८० मा शिवम् सिमेन्टको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार कम्पनीको एक आर्थिक वर्षभित्र २० अर्ब ४४ करोड रूपैयाँभन्दा बढीको ३ करोड ५२ लाख ८० हजार कित्ता शेयर कारोबार भएको हो । यस वर्ष कम्पनीको शेयर कारोबार २३६ दिन भएको जानकारी समेत नेप्सेले दिएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता १०८ रूपैयाँ ५० पैसाले घटेको  । आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्म प्रतिकित्ता ७६० रूपैयाँ रहेको कम्पनीको शेयरमूल्य आर्थिक वर्ष ०७९/८० सम्म भने प्रतिकित्ता ६५१ रूपैयाँ ५० पैसा कायम भएको हो । पछिल्लो कारोबार दिन भदौ २७ गते भने कम्पनीको अन्तिम शेयरमूल्य ५२३ रूपैयाँ ९० पैसा कायम भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन २ हजार ९७ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक पछिल्लो कारोबार दिन भने २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको छ । बजार घटेसँगै कम्पनीको शेयरमूल्यमा पनि कमि भएको हो । भदौ २७ गतेको कारोबारमा भने कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३ रूपैयाँ ९० पैसाले बढेको हो । उत्पादन तथा प्रशोधन समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयर खरीदप्रति लगानीकर्ताका आकर्षण बढीनै रहेको देखिन्छ । लाभांश वितरणमा नगद लाभांशमा मात्र जोड दिर्दै आएको कम्पनीको विगत पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अधिकतम २९ प्रतिशतसम्म नगद लाभांश दिएको देखिन्छ । कम्पनीले २०७४/७५ सालदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । पहिलो वर्ष कर समेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश दिएको कम्पनीले दोस्रो बर्ष पनि १५ दशमलव ७८ प्रतिशतनै नगद लाभांश वितरण गरेको थियो । तेस्रो वर्ष कर समेत २४ दशमलव २१ प्रतिशत र चौथो वर्ष हालसम्मकै सर्वाधिक २९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो । पाँचौ आर्थिक वर्षमा भने कम्पनीले हालसम्मकै कम १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो । यस वर्षको लाभांश कम्पनीले घोषणा गर्न बाँकी छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । गत चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस कम्पनीले ३० करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रूपैयाँभन्दा बढी र अन्य जगेडा कोषमा ३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

शिवम् सिमेन्टको खुद नाफा यो वर्ष करीब ४०% घट्यो

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्टले रू. ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ९३ प्रतिशत कम भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी घटेको र कुल खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ७ अर्ब ३९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब २९ करोडभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।  कुल खर्च भने गत वर्ष रू. ६ अर्ब ९ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. ६ अर्ब ५१ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । शेयर प्रिमियम रकम रू. ९५ करोड ६२ लाखभन्दा बढी रहेको कम्पनीको अन्य सम्पत्तिमा रू. ३  अर्ब ८२ करोड ९२ लाखभन्दा बढी रहेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ७६ रहेको छ ।                                                    स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्टको नाफा घटेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण […]