वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्टले रू. ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ९३ प्रतिशत कम भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी घटेको र कुल खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ७ अर्ब ३९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब २९ करोडभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।
कुल खर्च भने गत वर्ष रू. ६ अर्ब ९ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. ६ अर्ब ५१ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । शेयर प्रिमियम रकम रू. ९५ करोड ६२ लाखभन्दा बढी रहेको कम्पनीको अन्य सम्पत्तिमा रू. ३ अर्ब ८२ करोड ९२ लाखभन्दा बढी रहेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ७६ रहेको छ ।
स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण