अमेरिकी अधिकारीले औँल्याए चीन वा रुससँग आणविक युद्ध हुने सम्भावना

अमेरिकी स्ट्रयाटिजिक कमाण्डका प्रमुखले चीन वा रुससँग आणविक युद्ध हुने यर्थाथपरक सम्भावना रहेको चेतावनी  दिएका छन् । अमेरिकासँग दुई प्रतिद्वन्द्वीहरुले अस्थिर व्यवहार गरिरहेको उनको दाबी छ । ‘रुस वा चीनसँग चाडैं क्षेत्रीय संकट सुरु हुने र आणविक हतियारसहितको द्वन्द्व निम्तने यर्थाथपरक सम्भावना छ । पारम्पारिक क्षतिले ...

सम्बन्धित सामग्री

पुटिन भन्छन्, ‘पश्चिमा देशले युक्रेनमा सैनिक पठाए आणविक युद्ध हुनसक्छ’

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले युक्रेनमा सैनिक पठाएमा आणविक युद्ध हुनसक्ने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पश्चिमा देशहरुले युक्रेनमा सैनिक पठाउन सक्ने भनेको सूचना सोमबार सार्वजनिक भएसँगै यस्तो बताएका हुन् । बिहीबार देशको नाममा सम्बोधन गरेका पुटिनले यस्तो भनेको अमेरिकी समाचार च्याल सिएनएनले उल्लेख गरेको छ । सिएनएनका अनुसार पुटिनले […]

भारत र पाकिस्तान आणविक युद्ध नजिक पुगेको अमेरिकी पूर्व विदेशमन्त्रीको दाबी

संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले भारत र पाकिस्तान सन् २०१९ को फेब्रुअरीमा आणविक युद्धको नजिक पुगेको बताएका छन्।

अमेरिकी राष्ट्रपतिले भने 'विश्वमा आणविक ‘युद्ध’ हुने जोखिम बढ्यो'

अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको बताएका छन् । उनले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका हुन् ।“सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं,” पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडेनले न्युयोर्कमा आयोजित डेमोक्र््याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भने । पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिंदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताएका छन् ।राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत सङ्घले क्युबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई सङ्केत गर्दै उनले भने, “क्युबाको क्षेप्यास्त्र सङ्कटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।”बाइडेनले भने , “हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं ।पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।बाइडेनले भने , “हामीले राम्रोसँग चिनेका छौं । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।”

'शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतरा'

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपू

तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ : रुसी विदेश मन्त्री

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ ।  आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वय...

अमेरिकी-रुसी राष्ट्रपति बीच वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षीलाई फोनवार्तामा आणविक युद्ध शुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बताएको क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन्। ‘यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रपति बाइडेनले वार्तालापको क्रममा बारम्बार आणविक युद्ध शुरु गर्नु हुँदैन र जित्न सकिदैन’, भनेको स्पुतनिकले उशाकोभलाई उद्धृत गर्दै जनाएको छ । उक्त वार्ता बिहीबार अपराह्न ४स्२५ बजे भएको थियो।

युरोपमा आणविक युद्ध सुरु हुन सक्ने रूसको चेतावनी

मस्को : रूसले युक्रेनलाई लिएर अमेरिकासँग चलिरहेको विवादबाट आणविक युद्ध हुन सक्ने चेतावनी दिएको छ।रूसले अमेरिकालाई क्युबामा गरे जस्तो गल्ती नगर्न पनि चेतावनी दिएको छ।हाल भारी हतियारसहित १ लाखभन्दा बढी रूसी सैनिक युक्रेनसँगको सीमामा तैनाथ छन्। युक्रेनी सीमामा रूसी सैनिक जम्मा गरेकोमा अमेरिकी नेतृत्वको नेटोले कडा प्रतिक्रिया दिएको छ।यति मात्र होइन, केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रूसलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।रूसी उपविदेशमन्त्री सर्गेई रयाबकोभले अमेरिकालाई सन्