काठमाडौँ । आज चैते दसैँ मनाइँदैछ । चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दसैँ मनाउने गरिन्छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको छ । आजको दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।चैतेदशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्