तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार/पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उहाँ भरियाका साथ मेलामा आउनुहुन्थ्यो । भरिया खोज्ने, भारी बनाउने, बाटोमा खाने बस्ने व्यवस्था गर्दा उहाँलाई महिना दिन लाग्थ्यो । बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैते दसैँ मेलामा उहाँले बुनेका चोयाका सामग्रीको खुब खोजी …