चैते दसैँ मुख्य पर्व भनेर खर्च लिएका कर्मचारीलाई बडा दसैँमा पनि खर्च

तातोपानी गाउँपालिकामा काम गर्ने छ जना कमर्चारीले चैते दसैँ र बडा दसैँ दुवैलाई मुख्य पर्व भनेर निवदेन दिएको र ऐनले गरेको व्यवस्थाविपरीत खर्च उपलब्ध गराएको पाइएको छ ।

सम्बन्धित सामग्री

गरिबीले विदेश पठाउँदै चाडपर्वले गाउँ फर्काउँदै

गरिबीका कारण रोजगारीको खोजीमा भारतलगायत विभिन्न मुलुक गएकाहरू चाडपर्व मनाउन धमाधम गाउँ फर्किन थालेका छन् । यस जिल्लाको हिमाली, जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदहलगायत विभिन्न पालिकाका लोग्ने मान्छे (पुरुष) नयाँ वर्ष सुरु नहुँदै घर फर्किन थालेका छन् । हिउँदे खेती लगाएर कामको खोजी विदेश पसेकाहरू धमाधम घर फर्किन थालेका हुन । हिउँदे खेती गहुँ छरेर कात्तिकमा भारत गएका स्थानीय युवा नयाँ वर्ष तथा बिसु पर्व र चैते दसैँ मनाउन गाउँ फर्किएका हुन् ।

आज चैते दसैँ ,देवीको पूजा र उपासना गर्दै मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल अष्टमी अर्थात् हिन्दुहरूको पर्व चैते दसैँ देवीको पूजा र उपासना गर्दै मनाइँदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुई पटक दसैँ मनाउने गरेका छन् । असोजमा मनाइने दसैँलाई बडादसैँ र चैतमा मनाइनेलाई चैते दसैँका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य […]

वि.सं. २०७८ मा तीन वटा दसैँ

काठमाडौँ । विसं २०७८ मा तीन वटा दसैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैतेदसैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । त्यसैगरी वि.सं. २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिक कृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि सुरु हुने छ । दसैँ र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ । वर्षमा चार पटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आम रूपमा मनाउने परम्परा छैन । यस वर्ष वि.सं. २०७७ असोजमा मलमास (अधिकमास) परेकाले वि.सं. २०७८ मा तीन वटा दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए