प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् । गृहमन्त्री बालकृष्ण खाणले बुधवार बोहरासहित ६ जना एसएसपीलाई काज सरुवा गर्ने निर्णय गरेका थिए ।कार्यभार सम्हालेसँगै एसएसपी बोहराले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । गोंगबु, दरबारमार्ग र बानेश्वरलगायतका क्षेत्रमा गुण्डागर्दी बढेको सूचना आएको उल्लेख गर्दै बोहराले भने,‘गुण्डागर्दी गर्ने र अनावश्यक हैरानी दिनेहरुलाई निगरानीमा राखेर कानुनी दायरामा ल्याउँछौं ।&