काठमाडौँका नयाँ प्रहरी प्रमुख धानुकले जिम्मेवारी सम्हाले, भन्छन्- 'चुनौतिलाई अवसरमा परिणत गर्छु' :: Pahilopost.com

काठमाडौः बैतडी स्थायी घर भएका एसएसपी रविन्द्र धानुक बुधवार बिहानै महानगरीय प्रहरी परिसर काठमाडौं पुगे। निधारमा रातो टीका लगाएका धानुकले आजदेखि काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले।  गएको साउन ३१ गते २५ जना एसपीबाट एसएसपीमा बढुवा हुँदा ७६.४६६० अंकसहित बढुवा सुचीमा पूछारमा परेका थिए धानुक। तर काठमाडौँ जस्तो महत्वपूर्ण ठाउँको

सम्बन्धित सामग्री

फुटबल खेलको दङ्गामा मृत्यु हुनेको संख्या एक सय ७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको संख्या एक ७४ पुगेको छ।स्थानीय समयानुसार आइतबार बिहान ९ :३० बजे मृत्युको संख्या एक सय ५८ पुगेको थियो, भने १० : ३० यो संख्या एक सय ७४ पुगेको पूर्वी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ।इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको हो । अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । साथै तीव्ररूपमा फैलिएको कोरोना (भाइरस)का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले बताएको छ । विभिन्न संघसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर संकलन गरेर एकद्वार प्रणालीबाट कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर संकलन भइरहेको छ,’ उनले भने । बेनीबजारमा प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ । आठओटा पसल, ग्यारेज तथा उद्योगमा रहेका ११ ओटा सिलिण्डर भरिएको र १० ओटा खाली सिलिण्डर संकलन गरिएको म्याग्दीका प्रहरी प्रमुख (डीएसपी) श्यामकुमार राईले बताए । संकलन गरिएका २२ थान अक्सिजन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिएको डीएसपी राईले बताए । कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गर्नेगरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर संकलन गरिएको उनको भनाइ छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले पलान्टबाट अस्पतालको शøयामा अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ ओटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता राख्छ ।