अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि माघ ८ गतेसम्म नगरपालिकाको सेवा बन्द हुने भएको छ ।
नगर प्रमुख कमलप्रसाद भुसालसहित १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू माघ ८ गतेसम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
नगर प्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार ५७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोन...