पूर्वीय दर्शनमा प्रगतिशील साहित्य

विमल पोखरेल सामान्यतया पूर्वीएसियाको साहित्यलाई पूर्वीय साहित्य भनिन्छ । पूर्वीय साहित्यको इतिहास निकै लामो छ । इतिहास लामो मात्रै होइन, समृद्ध र व्यापक पनि छ । पूर्वीय साहित्य काव्यका लागि प्रख्यात छ । काव्यका साथसाथै नाटक, लोककथा, कथा, उपन्यास, निबन्ध, जीवनी आदि विधामा पूर्वीय साहित्य समृद्ध छ । संस्कृत भाषाको साहित्य पूर्वीय साहित्यको जननीको रूपमा रहेको छ । संस्कृतमै पूर्वीय साहित्यले ठुलो उचाइ लिएको छ । विशेष गरी दक्षिणपूर्वी एसियामा संस्कृतको छाप गहिरोसँग परेको छ । पूर्वीय आर्यभाषाका साहित्य संस्कृत भाषाबाट प्रभावित भएर जन्मिएका साहित्य हुन् । नेपाली साहित्यको विकास पनि संस्कृत काव्य परम्पराबाट भएको पाइन्छ । सुरुमा यी भाषामा संस्कृत भाषाबाट साहित्य रूपान्तर हुने गर्दथे भने पछि विभिन्न आर्यभाषामै लेख्न थालिए । संस्कृत भाषामा जे जति महाकाव्य लेखिएका छन्, त्यति ठुला काव्य अन्य भाषामा सायदै लेखिएका छन् । नेपाल र दक्षिण पूर्वीएसियामा पश्चिमी जीवनशैली र साहित्य ढाँचाको प्रभाव निकै परेको पाइन्छ । पश्चिमी साहित्यको राम्रो प्रभाव पर्नु गलत होइन । यस क्षेत्रमा पश्चिमी साहित्य मात्रै हावी हुँदै जाने अवस्थाले भने पूर्वीय साहित्य कमजोर बन्दै जाने खतरा रहन्छ । साहित्य पूर्वीय होस् वा पश्चिमी, ती मानवजातिका अमूल्य सम्पत्ति हुन् । कुनै एउटा साहित्यको प्रभावले अर्काेको अस्तित्व सङ्कटमा पर्न दिनुहुँदैन । हामीले पश्चिमी साहित्यका बारेमा धेरै अध्ययन, अनुसन्धान गर्नु आवश्यक छ । त्यसको साथसाथै पूर्वीय साहित्यको अध्ययनलाई पनि व्यापक बनाउनुपर्दछ । पूर्वीय साहित्य सिद्धान्त साहित्य संस्कृत शब्द हो । साहित्यमा शब्द र अर्थको मिलन हुने गर्दछ । भाव र विचार, कल्पना र यथार्थ, अनुभूति र अभिव्यक्ति यी सबैको समिश्रण साहित्य हो । पूर्वीय साहित्यको आरम्भ संस्कृतबाटै भएको हो । लामो कालखण्डपछि आर्यभाषामा पनि मौलिक साहित्य लेखिन थाले । आर्यभाषामा लेखिन थालेपछि पूर्वीय साहित्यमा मौलिक युग आयो । मौलिक युग आएपछि पनि संस्कृत साहित्यलाई पछ्याउँदै अन्य साहित्य उदाएका हुन् । वेद, पुराण, रामायण, महाभारतलगायत धेरै साहित्य पूर्वीय अध्यात्मवादी साहित्य हुन् । रामायण र महाभारत विश्वका ठुला महाकाव्यमध्येका ...

सम्बन्धित सामग्री

बौद्ध ग्रन्थमा संस्कृत महात्म्य

काठमाडौं । विश्वसंस्कृतदिनम्, आज विश्व संस्कृत दिवस, प्राचीन प्रौढ संस्कृतमा पनि हाम्रा पूर्वीय दर्शन र धर्म ग्रन्थहरु लेखिएका छन् । बैदिक साहित्य र ग्रन्थहरु मात्र होइन, महायानी र वज्रयानी बौद्ध ग्रन्थ र मन्त्रहरु समेत संस्कृतमा लेखिएको छ । आर्य अद्धयशतिका प्रज्ञापारमिता सूत्रम्नमो भगवत्यै आर्यप्रज्ञापारमितायै।।एवं मया श्रुतम्। एकस्मिन् समये भगवान् राजगृहे विहरतिस्म गृध्रकूटे पर्वते महता भिक्षुसंघेन […]

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौँ, १३ कात्तिक: काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच शुक्रबार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन […]

संस्कृत भाषा र शिक्षाक्षेत्रको सेवा व्यापार

पूर्वीय धर्मदर्शनमा आबद्ध मानिसहरूका लागि संस्कृत भाषा स्रोत भाषाका रूपमा रहेको हुँदा बुद्धमार्गी र हिन्दूमार्गी देशहरूमा यसप्रतिको आकर्षण रहनु स्वाभाविक हो । संस्कृत मूल भएका प्राकृत भाषाहरूका लागि पनि संस्कृत सन्दर्भ भाषाका रूपमा रहिआएको छ । दोस्रो, संसारको प्राचीन भाषा भएको नाताले संस्कृत भाषाप्रति स्वाभाविक रूपमा विश्वभर एकप्रकारको जिज्ञासा व्याप्त छ । विशेषगरी भाषाविज्ञान र व्याकरणका क्षेत्रका लागि संस्कृत भाषा र व्याकरण अति महत्त्वपूर्ण पक्षका रूपमा रहेको पाइन्छ । तेस्रो, संस्कृतमा लेखिएका ग्रन्थहरूमा आफ्नो अध्ययन अनुसन्धान आदिमा केही योगदान हुन सक्छ कि भन्ने कोणबाट पनि यस भाषाको अध्ययन हुने गरेको छ । विशेषगरी आयुर्वेद, गणित, दर्शन, नाट्यशास्त्र योग, ज्योतिष क्षेत्र यस वर्गमा पर्छन् । यूरोपेली भाषाको शब्दोत्पत्तिमा विश्वभर ठूलो ऊर्जा खर्च भइरहेको छ खासगरी प्रोटोइन्डोयूरोपेली र इन्डोयूरोपेली अवधारणाअन्तर्गत भाषाको उत्पत्ति, शब्दको उत्पत्ति र विकासक्रमका बारेमा । अहिलेको पश्चिमा जगत्को संस्कृत अध्ययन यसै विषयमा परिलक्षित छ । वर्तमान विश्वमा संस्कृत अध्ययनमा पश्चिमा जगत्, भारत र नेपाल गरी तीनओटा केन्द्रहरू रहेका छन् । पश्चिमा जगत्का लागि संस्कृत अध्ययन प्राज्ञिक विषयमा मात्र सीमित रहेको छ भने नेपाल र भारतका लागि संस्कृत अध्ययन प्राज्ञिक सक्रियताका अतिरिक्त सफ्टपावरका रूपमा समेत महत्त्व राख्छ । भारतले संस्कृतलाई कूटनीतिक प्रभाव विस्तारको औजारका रूपमा स्वीकार गरेको छ । नेपालको परराष्ट्र नीति २०७७ मा संस्कृत भाषाक्षेत्रलाई सार्वजनिक कूटनीतिको औजारका रूपमा उपयोग गर्न सक्ने सम्भावनालाई स्पष्ट रूपमा स्थान दिएको पाइन्छ । यस नीतिअन्तर्गत (१) नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभूषाको प्रचारप्रसार गर्ने, (२) नेपाल प्राग्ऐतिहासिक कालदेखि नै मानव समुदायको बसोवास स्थल, प्राचीन ज्ञान भूमि एवम् पूर्वीय दर्शन र अध्यात्मको एक उद्गमस्थल भएको र त्यसबाट मानव सभ्यताको विकासमा योगदान पुगेको तथ्यलाई विश्वसामु उजागर गर्ने तथा (३) विशिष्ट भौगोलिक अवस्था र अनुकूल हावापानीले नेपालको आध्यात्मिक चिन्तन, ध्यान, योग तथा आरोग्यताका लागि उपयुक्त गन्तव्य स्थलका रूपमा रहेको तथ्यलाई विश्वसामु प्रस्तुत गर्ने विषयहरू उल्लेख छन् । नेपालको संस्कृत जगत्ले यी नीतिहरूलाई व्यवहारमा उतार्ने गरी कार्यान्वयनयोग्य कार्यक्रमहरू प्रस्ताव गर्न सक्ने हो भने नेपालको परराष्ट्र नीतिको कार्यान्वयनमा नेपाल संस्कृत विश्वविद्यालय महत्त्वपूर्ण सहयात्रीका रूपमा सहयोगी हुन सक्ने देखिन्छ । नेपालको इतिहास, अवस्थिति तथा तुलनात्मक रूपमा तटस्थताको नीति अंगीकार गरेका कारण पश्चिमा जगत्देखि पूर्वीय दर्शनमा आबद्ध देशहरूका लागि नेपाल संस्कृत अध्ययनको केन्द्रका रूपमा स्थापित हुन सक्ने देखिन्छ । शक्ति विस्तारको होडमा नरहेका तटस्थ देशहरू यस्ता विशुद्ध प्राज्ञिक विषयहरू अध्ययनका लागि अनुकूल स्थानमा गनिन्छन् । विश्वमा शिक्षाक्षेत्र सेवा व्यापारको महत्त्वपूर्ण क्षेत्रका रूपमा देखा परेको छ । विगतमा शिक्षा आफ्नो प्रभुत्व स्थापित गर्ने दिशामा उन्मुख रहेको यो क्षेत्र आधुनिक युगमा सेवा व्यापारको सबैभन्दा आकर्षक क्षेत्रका रूपमा देखा परेको छ । फलस्वरूप आर्थिक कूटनीतिमा शिक्षा सेवा व्यापार पनि एक महत्त्वपूर्ण क्षेत्रमा रूपमा देखा परेको छ । सम्बद्ध देशका राजदूतावासहरूका शिक्षा तथा सांस्कृतिक विभागहरूको प्राथमिकता आफ्ना देशमा विश्वविद्यालयहरूमा विद्यार्थी भर्नाको सहजीकरण नै हुने गरेको छ । संस्कृत शिक्षामा पनि विश्वव्यापी आकर्षणमा वृद्धि हुँदै गएको अवस्थामा संस्कृत शिक्षाको निर्यात पनि आकर्षक क्षेत्रमा देखा परेको छ । यी सम्भावनालाई दृष्टिगत गर्दै नेपालले संस्कृत शिक्षालाई सेवा व्यापारको विधाका रूपमा विकास गर्दै नेपाललाई संस्कृत शिक्षाको केन्द्रका रूपमा विकास गर्नु जरुरी छ । शिक्षाको अन्तरराष्ट्रिय व्यापारमा झैं संस्कृत शिक्षाको अन्तरराष्ट्रिय व्यापारमा पनि चारओटा मोडहरू आकर्षित हुन्छन् । तलिकाका देखाइएका विधिबाट नेपाललाई संस्कृत शिक्षाको अन्तरराष्ट्रिय व्यापारको केन्द्रका रूपमा विकास गर्न देहायका व्यवस्थाहरू हुन जरुरी छ । सर्वप्रथम संस्कृत भाषाका सम्बन्धमा देशभित्र नीतिगत स्पष्टता हुन जरुरी छ । संस्कृत शिक्षाको प्रचारप्रसार र प्रवर्द्धनका लागि कानूनतः बाटो खुला हुुनुपर्छ । देशभित्र राजनीतिक तथा सामाजिक रूपमा संस्कृत भाषाप्रति आस्था, श्रद्धा र सम्मान प्रकट हुनुका साथै यस्ता व्यवस्थाका लागि आवश्यक पर्ने साधनस्रोतको विनियोजन र व्यवस्थाका लागि पनि देशभित्र आम सहमतिको वातावरण हुनुपर्छ । दोस्रो संस्कृत भाषाका लागि क्रियाशील संस्थाहरूको स्तर पनि उक्त भाषाको विश्व गुरु हुने खालको कायम हुनुपर्छ । अध्ययन अध्यापन पद्धति शेष विश्वले अनुकरण र प्रशंसा गर्ने खालको हुनैपर्छ । माथि उल्लिखित चारैओटा मोडहरूबाट नेपालमा संस्कृत अध्ययन अध्यापन हुने वातावरण सृजना हुने गरी सोहीअनुरूपका जनशक्ति र साधनस्रोत पनि उपलब्ध हुुनुपर्छ । संस्कृत भाषाका केन्द्रहरूलाई अविच्छिन्न रूपमा आत्मनिर्भर, गतिशील र सक्षम संस्थाका रूपमा विकास गर्न व्यवस्थापकीय कौशलता पनि सोहीअनुरूप विकास हुन जरुरी छ । शिक्षालय व्यवस्थापनका आधुनिक विधि र पद्धतिलाई संस्कृतका केन्द्रहरूमा पनि अवलम्बन गर्नु जरुरी छ । नेपाललाई संस्कृतको केन्द्रका रूपमा स्थापना गर्ने हो भने यी केन्द्रमा अन्य देशका जनशक्तिहरूको पनि संलग्नता हुन आवश्यक देखिन्छ । यस्ता केन्द्रहरूका जनशक्तिहरूको चयनमा विश्वव्यापी प्रतिस्पर्धाको मान्यतालाई स्वीकार गर्न सक्नुपर्छ । ताकि बेलायतको नागरिक होस् या भारतको, चीनको नागरिक होस् या रूसको सबैले यस्ता केन्द्रहरूमा शिक्षक, व्यवस्थापक आदिका रूपमा सेवा गर्ने अवसर प्राप्त हुुनुपर्छ । अन्यत्र पनि कुलपति, उपकुलपतिहरू विश्व प्रतिस्पर्धाबाट छान्ने प्रचलन छ । नेपालको संस्कृत शिक्षामा पनि यसलाई लागू गर्न जरुरी छ । यसले एकातिर संस्कृत संस्थानहरूमा योग्य मानिसहरूको प्रवेशको शुरू हुन्छ भने अर्कोतर्फ नेपाली जनशक्तिलाई पनि थप सुधार हुने अवसर प्राप्त हुने देखिन्छ । विश्वमा संस्कृत विभागहरू सञ्चालन भइरहेका र सञ्चालन गर्न इच्छुक विश्वविद्यालयहरूमा नेपालबाट जनशक्ति आपूर्ति हुने गरी शैक्षिक गतिविधिहरूमा संलग्न हुनेगरी नेपाली जनशक्तिलाई सक्षम तुल्याउन आवश्यक देखिन्छ । बहुभाषामा पकड राख्ने संस्कृतका प्राध्यापकहरू तयार गर्नेगरी नेपाल संस्कृत विश्वविद्यालयको स्तरोन्नति यस अभियानको पूर्वशर्त हो । सारमा भन्नुपर्दा प्राकृत भाषाका जिज्ञासु विद्यार्थीहरू, हिन्दू र बौद्ध धर्मका अनुयायीहरू, भाषा र व्याकरणविद्हरू तथा प्रोटोइन्डोयूरोपेली भाषिक वृक्षको मान्यतामा क्रियाशील पश्चिमी जगत्का संस्कृत अध्येताहरूको आवश्यकता पूरा गर्ने गरी नेपालका संस्कृतका संस्थानहरूको स्तरोन्नति आजको आवश्यकता हो । कम्तीमा विश्वका हरेक संस्कृत विभागहरूमा नेपाली शिक्षकहरू होऊन् र नेपाल संस्कृत विश्वविद्यालयमा विश्वका रहेक देशका विद्यार्थी होऊन् । ती विद्यार्थीलाई तिनकै भाषामा संस्कृत पढाउने जनशक्ति हाम्रो देशमा उपलब्ध होस् । नेपाल संस्कृत विश्वविद्यालयको पुनःसंरचना र स्तरोन्नति यस अभियानको पूर्व शर्त हो । यत्ति गर्न सक्ने हो भने संस्कृत शिक्षाको निर्यात नेपालको समृद्धको भरपर्दो आधार बन्ने निश्चित छ । लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

सफ्टपावरमार्फत समृद्धिका पूर्वशर्तहरू

नेपालको राष्ट्रिय हितको प्रवर्द्धन र प्रतिष्ठाको अभिवृद्धि गर्नेे उद्देश्य परिपूर्ति गर्न परराष्ट्र नीति २०७७ मा सार्वजनिक कूटनीतिलाई महत्त्वपूर्ण औजारका रूपमा अंगीकार गरिएको छ । यसअन्तर्गत सार्वजनिक कूटनीतिका माध्यमबाट मुलुकको छवि र विशिष्ट पहिचानलाई सफ्टपावरको रूपमा प्रवर्द्धन गरी अन्तरराष्ट्रिय जगत्को समर्थन सहयोग र सद्भाव आर्जन गर्ने नीति अंगीकार गरिएको छ । यस नीतिअन्तर्गत नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभुषाको प्रचारप्रसार गर्ने रणनीति तथा कार्यनीति अंगीकार गरिएको छ । यसैगरी बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध दर्शनको उद्गमस्थल एवम् अन्तरराष्ट्रिय शान्तिनगरका रूपमा विकास गर्न पहल गर्ने तथा पाशुपत क्षेत्रलाई हिन्दू दर्शन र सभ्यताको एक प्रमुख केन्द्रका रूपमा प्रवर्द्धन गर्ने विषयलाई पनि सार्वजनिक कूटनीतिअन्तर्गत सफ्टपावरमार्फत मुलुकको हित र प्रतिष्ठा प्रवर्द्धनको सहायक औजारको रूपमा व्यवस्था गरिएको छ ।  नेपाल प्राक्–ऐतिहासिक कालदेखि नै मानव समुदायको बसोवास स्थल, प्राचीन ज्ञान भूमि एवम् पूर्वीय दर्शन र अध्यात्मको एक उद्गमस्थल भएको र त्यसबाट मानव सभ्यताको विकासमा योगदान पुगेको तथ्यलाई विश्व सामु उजागर गर्ने व्यवस्था पनि नीतिमा गरिएको छ । यसैगरी विशिष्ट भौगोलिक अवस्था र अनुकूल हावापानीले नेपालको आध्यात्मिक चिन्तन, ध्यान, योग तथा आरोग्यका लागि उपयुक्त गन्तव्य स्थलको रूपमा रहेको तथ्यलाई पनि नीतिमा महत्त्वका साथ उठाइएको छ । शैक्षिक, वैज्ञानिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई फराकिलो र सुदृढ बनाउने पक्षहरू पनि सार्वजनिक कूटनीतिमा उल्लेख गरिएका छन् । नेपाली मौलिकताको विनाशमा आफ्नो भविष्य देख्ने मूलधारको नेपाली प्राज्ञिक जमातका कारण नेपालमा सफ्टपावरको भूमिकामा रहन सक्ने तत्त्वहरू धर्म, भाषा, संस्कृति, परम्परा, ज्ञान, रहनसहन, वेशभुषा, लवाइखवाई आफै इतिहासको पानामा सीमित हुने सम्भावना देखिएको छ । सफ्टपावरमार्फत मुलुकको हित प्रवर्द्धनमा विश्वभरि तीव्र प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा नेपालको परराष्ट्र नीतिमा सफ्टपावर प्रवर्द्धनलाई स्थान दिनु सकारात्मक पक्ष हो । परन्तु सफ्टपावरमार्फत मुलुकको हित प्रवद्र्धन र प्रतिष्ठा वृद्धि गर्ने विषय प्राज्ञिक बहसका लागि जति आकर्षक छ व्यवहारमा उतार्न त्यत्ति नै दुष्कर पनि छ । सफ्टपावर भन्नेबित्तिकै सभ्यता, धर्म, संस्कृति, चालचलन, ज्ञान, कला, साहित्य, भाषा, वेशभूषा आदि क्षेत्रमा रहेका विशिष्ट पहिचान भन्ने बुझिन्छ । यी पहिचानको प्रचारप्रसार र प्रवर्द्धनका माध्यमबाट देशको हित रक्षा गर्नुमा देहायका योग्यताहरू हुुनुपर्छ । सर्वप्रथम, आफ्नो देशको सभ्यता, धर्म, संस्कृति, चालचलन, ज्ञान, कला, साहित्य, भाषा, वेशभुषा मौलिक हुुनपर्छ । यी मौलिकताहरूलाई देशको संविधान र कानूनबाट वैधानिकता दिइनुपर्छ । यस्ता मौलिकताप्रति देशभित्र राजनीतिक तथा सामाजिक आस्था, श्रद्धा र सम्मान हुुनुपर्छ । यी पक्षको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु देशवासीको कर्तव्य पनि हुनुपर्छ । मौलिकताप्रतिका आस्था, श्रद्धा र सम्मानहरू संस्थागत व्यवस्थामा आबद्ध हुनुपर्छ । यसरी व्यवस्था गरिएका संस्थाहरूका उद्देश्य र लक्ष्यहरू स्पष्ट हुुनुपर्छ । यस्ता उद्देश्य र लक्ष्यबाट स्थापित संस्थाहरूमा योग्य र इमानदार व्यक्तित्वहरूको नेतृत्व स्थापित हुनुपर्छ । यस्तो नेतृत्वबाट भविष्यमा आफूभन्दा योग्य उत्तराधिकारीको व्यवस्था हुनेगरी पद्धतिको स्थापना हुनुपर्छ । यस्ता संस्थाहरू सञ्चालनका लागि आर्थिक स्रोत पनि सोहीअनुरूप हुनुपर्छ । मौलिकताको प्रचारप्रसार र प्रवर्द्धनको उपादेयता स्थापन पनि समानान्तर रूपमा हुनुपर्छ । उदाहरणका रूपमा विश्वका तीनओटा संस्थाहरू (ब्रिटिश काउन्सिल, कन्फुसियस सेन्टर र ला फ्रान्कोफोनी) लाई लिन सकिन्छ । यी तीनैओटा संस्थाहरूले बेलायत, चीन र फ्रान्सको प्रभाव विस्तारमा अग्रणी भूमिका खेलेको पाइन्छ । सफ्टपावरको विकासमा यी संस्थाको प्रभावकारिताका पछाडि माथि उल्लेख गरिएका नौओटै तत्त्वको समानुपातिक योगदान रहेको छ । नेपालमा सार्वजनिक कूटनीतिअन्तर्गत विशिष्ट पहिचानलाई सफ्टपावरका रूपमा प्रवर्द्धन गरी अन्तरराष्ट्रिय जगत्को समर्थन सहयोग र सद्भाव आर्जन गर्ने जुन नीति अंगीकार गरिएको छ, त्यसको कार्यान्वयनको पहिलो शर्त तिनको पहिचान र नेपालको आस्था वैधानिक रूपमा प्रकट भएको हुुनुपर्छ । पाशुपत क्षेत्र र लुम्बिनीलाई सफ्टपावरका रूपमा विकास गर्ने कार्यनीति अंगीकार गरिएको छ । तर, शेष विश्वले ती दुई धर्महरू प्रति नेपालमा कति आस्था, विश्वास र भरोसा छ र ती धर्मको भविष्य नेपालमा कस्तो छ भनेर मिहीन दृष्टिकोणबाट हेरिरहेको हुन्छ । लोपोन्मुख धर्म र संस्कृतिले सफ्टपावरका रूपमा प्रभाव विस्तार गर्न सक्ला भन्ने आधार के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ नै । मुलुकभित्र मूलधारको प्राज्ञिक वर्ग नेपालको परम्परा, धर्म संस्कृति, भाषा, वेशभुषा, चालचलन, परम्परा, परिकारप्रति नकारात्मक भाव राख्छ । रणनीतिक असहिष्णुताको यस्तो वातावरणमा नेपालका मौलिक पक्षहरूलाई सफ्टपावरका रूपमा विकास कति सम्भव छ भन्ने विषयमा प्रश्न चिह्न खडा भएको छ । संस्कृत भाषाको नाम उच्चारण गर्नु पनि नेपालमा अपराधजस्तो मानिन्छ । हिन्दू धर्मको पहिचानका पक्षमा जनमत नै छैन । नेपाली भाषाको स्थानमा अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषामा स्थापना गर्ने विषयमा चर्को पैरवी भइरहेको छ । दौरा सुरुवाललाई वैधानिक रूपमा देशको राष्ट्रिय औपचारिक पोशाकका रूपमा पहिचानप्राप्त छैन । देवानागरी लिपि, त्रिकोणात्मक ध्वज र विक्रम संवत् विस्थापन गर्न ठूलो प्रयत्न चलिरहेको छ । नेपाली प्रतिनिधिमण्डल विदेशी समकक्षीहरूसँग वार्तामा बस्दाका अवस्थामा पोशाकको जुन तस्वीरहरू सार्वजनिक हुन्छन् त्यो बिजोग विश्वका कुनै पनि मुलुकले बेहोर्नु पर्दैन होला । यो परिस्थितिमा यूरोप, अरब, टर्की र चीनले झैं सफ्टपावरका माध्यमबाट प्रभाव विस्तार गर्ने विषय नेपालका सन्दर्भमा कति व्यावहारिक र तार्किक छ यो आफैले चिन्तन मनन गर्ने विषय हो । सफ्टपावरमार्फत मुलुकको छवि र प्रतिष्ठा उँभो लाउने विषयमा विगतमा केही प्रयासहरू भएका थिए जसमा पूर्णविराम लगाउने कार्य नेपालभित्रैबाट भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, हिन्दूराष्ट्र, लुम्बिनी विकास परियोजना, नेपाल संस्कृत विश्वविद्यालय, पशुपति विकास कोष, गुम्बा व्यवस्थापन समितिजस्ता क्षेत्रहरूमा केही कार्यहरू शुरू गरिएका थिए । परन्तु व्यवस्थापनको अभाव, राजनीतिक हस्तक्षेप तथा मौलिकताप्रति उदासीनता तथा संगठित आक्रमणका कारण यी संस्थागत व्यवस्थाहरू या त खारेज गरिए या त निस्तेज बनाइए । भारतमा संवैधानिक मान्यताप्राप्त तथा भुटानमा जनसम्पर्कको माध्यम रहेको नेपाली भाषामा नेपाली भाषाका विद्वान्हरूले खेलेका खेलका कारण यो भाषा स्खलित भई बोलीचालीमा मात्र सीमित भएको छ जसले जसरी जे लेखे पनि मान्य हुने विश्वको एउटा अनौठो भाषाका रूपमा । आफ्नै देशमा अराजकताको शिकार बनाई भाषाबाट बोलीमा रूपान्तरण बनाइएको नेपाली भाषाका माध्यमबाट प्रभाव विस्तार कसरी सम्भव होला ? नेपाली मौलिकताको विनाशमा आफ्नो भविष्य देख्ने मूलधारको नेपाली प्राज्ञिक जमातका कारण नेपालमा सफ्टपावरको भूमिकामा रहन सक्ने तत्त्वहरू ( धर्म, भाषा, संस्कृति, परम्परा, ज्ञान, रहनसहन, वेशभुषा, लवाईखवाई) आफै इतिहासको पानामा सीमित हुने सम्भावना देखिएको छ । सारमा भन्नुपर्दा नेपाल परम्परागत सभ्यता र आयातित सभ्यताको सन्ध्याकाल (संक्रमणकाल) मा छ । यही शून्यताबाट सिर्जित अवसरलाई उपयोग गर्दै नेपाललाई आफ्नो सभ्यताको अंग बनाउने विषयमा अरबी र यूरोपेली सभ्यताबीच नेपालमा ठूलो प्रतिस्पर्धा चलिरहेको छ । नेपाली भाषा रोमन लिपिमा लेख्ने कि अंग्रेजी भाषा नै ग्रहण गर्ने बहससमेत एक कोणबाट आइरहेको छ । यस अवस्थामा नेपाली मौलिक तत्त्वहरूलाई सफ्टपावरका रूपमा उपयोग गर्ने विषय विशुद्ध प्राज्ञिक आमोदप्रमोदको विषय भन्दा अतिरिक्त केही महत्त्व राख्दैन । यी परिस्थितिका माझ यदि साँच्चै नेपालका मौलिकतालाई सफ्टपावरका रूपमा रूपान्तरण गरी मुलुकको हित प्रवर्द्धन गर्ने रणनीति अंगीकार गर्ने हो भने सर्वप्रथम परम्परागत नेपाली सभ्यता, धर्म, संस्कृति, चालचलन, ज्ञान, कला, साहित्य, भाषा, वेशभुषा र लवाइखवाइलाई संवैधानिक मान्यता दिइनुपर्छ । ती मान्यतालाई राजनीतिक र सामाजिक रूपमा वैधता प्रदान गर्नुका अतिरिक्त ती मौलिकताप्रति आस्था, श्रद्धा र विश्वास पनि सोहीअनुरूप प्रकट हुन जरुरी छ । ती मौलिकताको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सक्षम हुने गरी संस्थाहरूको सञ्चालन हुन पनि त्यत्तिकै आवश्यक छ । यति मात्र गर्ने हो भने नेपाल हिन्दू, बौद्ध, किरात र बोन धर्म, नेपाली भाषा, दौरासुरुवाल, विक्रम संवत्, देवनागरी लिपि, संस्कृत, ध्यान, योग, आयुर्वेद, छन्द, गणित, ज्योतिष, तन्त्र, पर्वतीय रहनसहन, वेशभुषा, लवाइखवाइ, संगीत तथा वास्तुशास्त्रको केन्द्र बन्न सक्छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।