युटयुबमा चलेनन् नेपाली फिल्मका हिन्दी डब

काठमाडौं : पछिल्लो समय नेपाली फिल्मलाई हिन्दीमा डब गरेर प्रदर्शन गर्ने क्रम बढ्दो छ। ‘प्रेम गीत ३’ को हिन्दी भर्सनको चर्चापछि युट्युबमा अहिले नेपाली फिल्मको हिन्दी डब सार्वजनिक हुन थालेका छन्। एकैमहिनाको बिचमा ओएसआर इन्टरनेसनल अफिसियल युट्युब च्यानल मार्फत रिलिज भए : ‘बीर विक्रम २’ र ‘सुश्री सम्पति’ को हिन्दी डब।…

सम्बन्धित सामग्री

पुनः सेन्सर गरेर मात्रै प्रेमगीत ३ हिन्दी नेपालमा चलाउन पाइने

काठमाडौं । नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी स्वरांकनलाई नेपाली चलचित्रको मान्यता दिनुपर्ने निर्माताको माग केही दिनदेखि विवादमा थियो । अन्नतः हिन्दी डब प्रेमगीत–३ लाई नेपालमा पुनः सेन्सर गरेर प्रदर्शन गर्न निर्माण पक्ष राजी भएको छ । एकथरीले प्रेमगीत–३ को हिन्दी संस्करणलाई नेपाली फिल्मको मान्यता दिनुपर्ने र यसलाई पुनः सेन्सर गर्नु नपर्ने आवाज उठाएका थिए । […] The post पुनः सेन्सर गरेर मात्रै प्रेमगीत ३ हिन्दी नेपालमा चलाउन पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालमा प्रदर्शन नहुँदै ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक भएको छ।नेपालमा सोमबारदेखि प्रदर्शन गर्ने तयारी भइरहेको फिल्मको हिन्दी डब प्रदर्शनअघि नै लिक भएको हो। नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। फिल्मले नेपालमा मात्रै सुरुको दुई दिनमा ५ करोडमाथिको कमाइ गर्ने अनुमान गरिएको छ। फिल्मको हिन्दी डबको विवाद तन्किएपछि सेन्सरमा ढिलाइ भएका कारण सोमबा

'केजिएफ च्याप्टर २' को हिन्दी डब ४ अर्ब नजिक

काठमाडौं : प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' को हिन्दी डब ४ अर्ब नजिक पुगेको छ। शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो। 'केजिएफ २' को हिन्दी डबले गरेको ३ अर्ब ९१ करोडको कमाइ हिन्दी फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठूलो कलेक्सन हो। यसअघि २०१७ मा प्रदर्शनमा आएको तेलुगु फिल्म 'बाहुबली २' को हिन्दी डबले ५ अर्ब १० करोडभन्दा बढी कमाइ गरेको थियो। 'केजिएफ २' ले सर्वाधिक कमाइ ग

हिन्दी ‘डब फिल्म’को प्रदर्शन रोक्ने बोर्डको निर्णयमा फिल्मकर्मीको असन्तुष्टि

मंगलबार चलचित्र विकास बोर्डले हिन्दी डब फिल्मको प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्रचार गर्‍यो । नेपाली फिल्म हिन्दी डब फिल्मको चपेटामा पर्‍यो भन्ने फिल्मकर्मीले गुनासो पोख्न थालेपछि बोर्ड अध्यक्ष दयाराम दाहालले हिन्दी डब फिल्मको प्रदर्शन नै रोक्नका लागि मन्त्रालयलाई आग्रह गरेका हुन् । नेपाली फिल्मकर्मीकै पक्षमा देखिए पनि यो निर्णयले के नेपाली फिल्मको सोमा 'आरआरआर'मा झैं दर्शक ओइर्‍याउला त ? हिन्दी डबको मारमा परेकाहरूले के विदेशी फिल्मकै जस्तो स्तरमा नेपाली फिल्म बनाउलान् ?

हिन्दी डब फिल्म नेपालमा रिलिज गर्न नदिन चलचित्र विकास बोर्डको पत्राचार

हिन्दी डब फिल्म नेपालमा रिलिजका लागि रोक लगाउन चलचित्र विकास बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको छ ।

नेपालमा हिन्दी डब चलचित्र प्रदर्शनलाई निरुत्साहन गर्न विकास बोर्डको आग्रह

काठमाडौँ– चलचित्र विकास बोर्डको मंगलबार बसेको बैठकले नेपालमा हिन्दी डब चलचित्रलाई नेपाली चलचित्रभन्दा धेरै प्राथमिकताका साथ प्रदर्शन गर्न नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ। चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंका अनुसार बोर्डले हिन्दी डब चलचित्रलाई कम प्राथमिकताका साथ प्रदर्शन गर्ने व्यवस्था गर्न खोजिएको बताए। ‘अब कुन चलचित्र चल्न दिने, […]

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

१७ माघ, काठमाडौं । तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो । मूल रुपमा तेलुगू भाषामा बनेको ‘पुष्पा’को तमिल, कन्नड, मलयालम र हिन्दी भाषाको डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध […]

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दीमा रिलिज नहुने

७ माघ, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको सुपरहिट तेलुगू चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब सिनेमा हलमा रिलिज नहुने भएको छ । यसको हिन्दी रिमेक ‘शहजादा’ निर्माण भइरहेकाले यो चलचित्रको हिन्दी भर्सन रिलिज नहुने भएको हो । ‘अला वैकुण्ठपुरमलो’को हिन्दी राइट्स मनिष शाहसँग रहेको छ । अहिले यो चलचित्र हिन्दीमा रिलिज हुँदा कार्तिक आर्यन अभिनित […]

नेपाली फिल्मका लागि ‘थ्रेट’ बन्दैछन् साउथ इण्डियन फिल्म ?

१७ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’ साउथ इण्डियन हिन्दी डब चलचित्र ‘पुष्पा’कै कारण रिलिज गरेनन् । पुस २ गतेबाट पछि सरेको चलचित्रको प्रदर्शन मिति अब पुस ३० गतेलाई तोकिएको छ । अर्को साता साउथकै हिन्दी डब चलचित्र ‘आरआरआर’ नेपाल भित्रिने भएपछि नेपाली निर्माताले चलचित्र रिलिजको आँट नै गरेनन् । चैत […]