हिन्दी ‘डब फिल्म’को प्रदर्शन रोक्ने बोर्डको निर्णयमा फिल्मकर्मीको असन्तुष्टि

मंगलबार चलचित्र विकास बोर्डले हिन्दी डब फिल्मको प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्रचार गर्‍यो । नेपाली फिल्म हिन्दी डब फिल्मको चपेटामा पर्‍यो भन्ने फिल्मकर्मीले गुनासो पोख्न थालेपछि बोर्ड अध्यक्ष दयाराम दाहालले हिन्दी डब फिल्मको प्रदर्शन नै रोक्नका लागि मन्त्रालयलाई आग्रह गरेका हुन् । नेपाली फिल्मकर्मीकै पक्षमा देखिए पनि यो निर्णयले के नेपाली फिल्मको सोमा 'आरआरआर'मा झैं दर्शक ओइर्‍याउला त ? हिन्दी डबको मारमा परेकाहरूले के विदेशी फिल्मकै जस्तो स्तरमा नेपाली फिल्म बनाउलान् ?

सम्बन्धित सामग्री

प्रेमगीत ३ प्रदर्शनको सन्मुखमा किन निकालियो विवाद ?

नेपाली चलचित्र इतिहासमै पहिलोपटक बहुराष्ट्रिय चलचित्र बन्न सफल भएको प्रेमगीत ३ को प्रदर्शन मिति नजिकिंदै गर्दा यसप्रतिको उत्साह अरु बढेको छ । नेपाली र हिन्दी भाषामा असोज ७ गते एकसाथ विश्वभर प्रदर्शन हुने प्रेमगीत ३ ले इतिहास रचेको भए पनि नेपालमा यसका बिरुद्ध विवाद खडा गर्ने काम भएकोमा निर्माण पक्षले असन्तुष्टि जनाएको छ । चलचित्रका …