डेढ वर्षसम्मको प्रेम सम्बन्धपछि विशाल पौडेल र रिना मगर (नाम परिवर्तन) ‘लिभिङ टुगेदर’ बस्न थाले । विगत दुई वर्षदेखि उनीहरु लिभिङ टुगेदर बस्दै आएका थिए । पारिवारिक सहमतिबिनै लिभिङ टुगेदर बसेका उनीहरुबीच यतिबेला सम्बन्धमा दरार आएको छ, र, यो विवाद महिला आयोगसम्म आइपुगेको छ ।लामो समय परिवार र समाजको आँखा छलेर बसिसकेपछि रिनाले यो सम्बन्धलाई विवाहमा परिणत गर्न आग्रह गरेपछि विशालले असहमति जनाए । त्यही असहमति बढ्दै गएपछि उनीहरुको विवाद यतिबेला उत्कर्षमा पुगेको छ । विवाहपछि मात्रै बच्चा