कुनै समय थियो, जतिबेला धर्म र संस्कृतिलाई आधार मानेर कलिलै उमेरमा छोरीको कन्यादान गरिन्थ्यो । हाम्री हजुरआमाको पनि ७ वर्षमा विवाह भएको अरे । विवाहपछि ५ वर्षसम्म माइत नै बस्नु भयो रे । म सम्झिन्छु त्यो अमेरमा कहिले नाच्दै, कहिले गीत गाउँदै हिँडेका ती बनपाखा, घरको आँगन, मतान, पानी ल्याउने खोला, भारी थकाइ बिसाउने भन्ज्याङको कति माया लाग्थ्यो होला ।कठै । कति निष्ठुरी ती बाउ आमा । कति निर्दयी ती समाजका मान्छे । कति पापी ती पुरुषहरु, जो कलिला छोरीहरुलाई काखी च्याप्न सहर्ष स्वीकार गर्थे । त्यो समय धेरै