एसिया कप टी–२० क्रिकेटमा भारत शीर्ष चारबाट बाहिरिने सम्भावना देखिएको छ।मंगलबार राति भएको खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको हो। लगातार दोस्रो हार भोग्ने क्रममा भारत १७३ रनको लक्ष्य जोगाउन असफल भयो।दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। श्रीलंका उक्त लक्ष्य १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुग्यो।पहिलो ब्याटिङ गरेको भारतका