विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरूले सर्वोच्च अदालतमा देखिएको विवाद विधिसम्मत ढंगले समाधान गर्न माग गरेका छन् ।
'समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न आग्रह' भन्दै विभिन्न आयोगका ३९ पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
'न्यायालयमा यस प्रकारका विवाद वा समस्या उत्पन्न हुँदा संविधान र लोकतन्त्र उपर नै चुनौती आउने हुँदा समस्या समाधानका लागि विधिसम्मत, संविधानसम्मत र न्यायसंगत मार्ग अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन,' विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा राष्ट्रिय मानवअधिकार आयोगका...