माग सम्बोधन नभए सडकमा उत्रिने ठाकुरको चेतावनी

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताए । थरुहट-मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि […]

सम्बन्धित सामग्री

सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग

काठमाडौं । सुनचाँदी व्यवसायसँग सम्बन्धित तीनओटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग वुधवार भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेका हुन् । तीनओटै महासंघको संयुक्त प्रतिनिधिमण्डलले व्यवसायीको मागलाई राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रने चेतावनी समेत दिएका छन् । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट यसको सुनुवाइ नभएको उनीहरूको गुनासो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । निर्देशिकाकै अभावमा कच्चापदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आ–आफ्नो तर्फबाट व्यवसायीका समस्या जानकारी गराएका थिए । उपप्रधान तथा अर्थमन्त्री पौडलले व्यवसायीका समस्यालाई आफूले गम्भीर रूपमा लिएको भन्दै ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । व्यवसायीले राखेका समस्याको अध्ययन गरी त्यसको समाधानका लागि आवश्यक पहल गर्ने उनले बताए ।

सडक ताक्दै किसान

उचित मूल्य नपाएको आक्रोशमा गत शनिबार चितवनका किसान नारायणगढ बजारको व्यस्त क्षेत्र पुलचोकमा प्रदर्शनमा उत्रिए । उनीहरूले नाराबाजी मात्रै गरेनन्, दुई गाडी गोलभेंडा, दुई गाडी फर्सी र दुई गाडी अन्य तरकारी सडकमा फालेर प्रदर्शन गरे । यो विरोधको एउटै कारण हो, भारतबाट तरकारी आएपछि आफूहरूले मूल्य नपाउनु । आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

मुद्दा फिर्ता नलिए २० लाख मानिस सडकमा उतार्छौँ: महन्थ ठाकुर

काठमाडौँ-  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विगतमा तराई मधेश र थारुहट आन्दोलनमा सरकारले मुद्धा चलाएकाहरुको मुद्धा फिर्ता नलिए र माग सम्बोधन नगरिए आन्दोलनको ज्वालामुखी विस्फोट हुने चेतावनी दिएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य दिँदै ठाकुरले रेशम चौधरी र केही कार्यकर्ताहरु अझै जेलमा रहेको बताउँदै उनीहरुलाई सरकारले छुटाउनुपर्ने माग गरेका हुन्। […]

चोलेन्द्रको राजीनामा ढिला भए सेवाग्राही सडकमा आउन सक्छन्- बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा गर्न ढिला गरे सेवाग्राही सडकमा आउने चेतावनी दिएका छन् ।  कानून व्यवसायीबाहेक विभिन्न पेशाकर्मी पनि केही दिनमा सडकमा उपस्थित हुने उनले दाबी गरे ।  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्नापछि शुक्रवार बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आज दिउँसो ३ बजेसम्म राजीनामा नआए उच्च अदालत भएको ठाउँमा पनि विरोध सभा गर्ने बताएका हुन् ।  ‘भ्रष्ट प्रधानन्यायाधीशको ...

यातायात व्यवसायीको सातबुँदे माग : प्रधानमन्त्रीलाई बुझाए सवारीसाधनको साँचो

काठमाडौं । यातायात व्यवसायीले सातबुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई सवारीसाधनको साँचो बुझाएका छन् । आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनपछि उनीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीईओ) कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री देउवालाई सवारीसाधनको नमूना साँचो बुझाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघमा आबद्ध व्यवसायीले विभिन्न माग राख्दै आन्दोलन शुरू गरेका छन् । माग पूरा गर्न साउन २४ गतेसम्मको अल्टिमेटम दिँदै उनीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । आपूmहरूले अघि सारेको सातबुँदे माग सम्बोधन नभएपछि हाल सवारीसाधनको डेमो साँचो बुझाइएको र माग पूरा नभए साउन २४ गतेपछि सवारीसाधन सञ्चालन बन्द गरेर आन्दोलनमा उत्रिने महासंघका उपमहासचिव केशव नेपालले बताए । व्यवसायीले असार २४ गतेदेखि यातायातसँग आबद्ध चालक, सहचालक तथा कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाउन शुरू गर्नुपर्ने मुख्य माग राखेका छन् । सरकारले गत असार २९ गतेदेखि सार्वजनिक यातायातमा आबद्ध व्यक्तिलाई खोप दिइएको बताए पनि खोपको राम्रो व्यवस्था हुन नसकेको महासंघको भनाइ छ । साउनदेखि लागू हुनेगरी अन्तरप्रदेशमा चल्ने यातायातको भाडा समायोजन गरिएकोमा प्रदेशभित्रै चल्ने यातायातका साधनको भाडा पनि समायोजन गर्नुपर्ने माग महासंघले राखेको छ । यसैगरी मौद्रिक नीतिमार्फत व्यवसायीका समस्या समाधान गर्नुपर्ने, निषेधाज्ञा अवधिभरको राजस्व छूट हुनुपर्ने, यातायात क्षेत्रलाई अतिप्रभावित क्षेत्रअन्तर्गत राखेर कर्जा÷पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने लगायत माग यातायात व्यवसायीको छ । साथै निषेधाज्ञा अवधिको जरीवाना र नवीकरण शुल्क छूट गर्नुपर्ने, ट्याक्सीको भाडा समायोजन गर्दै गैरकानूनी रूपमा चलेका राइड शेयरिङ व्यवसाय रोक्नुपर्ने, बीमा नीति परिमार्जन हुनुपर्ने, सवारीसाधनको २० वर्षे म्याद थप हुनुपर्ने र सडक कानून संशोधन गर्नुपर्ने माग समेत राखिएको छ । यातायात व्यवसायीले गत बिहीवार काठमाडौंका सडकमा सवारीसाधनको ¥याली निकालेर ट्राफिक व्यवस्थापन अस्तव्यस्त पारेका थिए ।

बजेटमा माग सम्बोधन नभए सडकमा ओर्लिने निजी क्षेत्रको चेतावनी

कोरोना भाइरसले देशमा उद्योग व्यवसायको अवस्था दयनीय बनेको भन्दै निजी क्षेत्रले अगामी आर्थिक वर्षको बजेटमार्फत प्राथमिकताका साथ सम्बोधन गर्न माग गरेको छ । गत साता सरकारले ल्याएको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई सम्बोधन नगरिएको भन्दै बजेटमा पनि त्यस्तै अवस्था भएमा उद्योगमा ताल्चा लगाएर सडकमा ओर्लिनुको विकल्प नभएको निजी क्षेत्रले चेतावनी दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार भर्चुअल अन्तक्र्रिया (वेबिनार) बजेटका सम्बन्धमा सरकारलाई बुझाइएको सुझावबारे पत्रकारहरूलाई जानकारी दिँदै सरकारले स्टीमुलस प्याकेज नल्याए पुरानो अवस्थामा फर्किन नसक्ने बताएको हो ।