सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग

काठमाडौं । सुनचाँदी व्यवसायसँग सम्बन्धित तीनओटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग वुधवार भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेका हुन् । तीनओटै महासंघको संयुक्त प्रतिनिधिमण्डलले व्यवसायीको मागलाई राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रने चेतावनी समेत दिएका छन् । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट यसको सुनुवाइ नभएको उनीहरूको गुनासो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । निर्देशिकाकै अभावमा कच्चापदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आ–आफ्नो तर्फबाट व्यवसायीका समस्या जानकारी गराएका थिए । उपप्रधान तथा अर्थमन्त्री पौडलले व्यवसायीका समस्यालाई आफूले गम्भीर रूपमा लिएको भन्दै ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । व्यवसायीले राखेका समस्याको अध्ययन गरी त्यसको समाधानका लागि आवश्यक पहल गर्ने उनले बताए ।

सम्बन्धित सामग्री

एकीकृत निर्देशिका जारी गर्न सरकार सकारात्मक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका छिट्टै जारी गरिने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा बिहीवार मन्त्री भण्डारीले यस्तो बताएका हुन् । भेटमा व्यवसायीले आफूहरूले भोग्नुपरेका समस्या अवगत गराएका थिए । राज्यले माग सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट यसको सुनुवाइ नभएको उनीहरूको गुनासो थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । निर्देशिकाकै अभावमा कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनको भनाइ छ । त्यस क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आ–आफ्नो तर्फबाट व्यवसायीका समस्या जानकारी गराएका थिए ।

सुनचाँदीकाे एकीकृत निर्देशिका माग

देशभरका सुनचाँदी पेशा व्यवसायसँग सम्बन्धित तीन वटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेर नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको प्रतिनिधिले यस्तो आग्रह गरेको हो । तीनवटै महासंघको संयुक्त प्रतिनिधिमण्डलले राज्यले व्यवसायीको माग सम्बोधन […]

सुनचाँदी कारोबार निर्देशिका तत्काल ल्याउन व्यवसायीकाे माग

सुनचाँदी बजारलाई व्यवस्थित बनाउन सरकारले कारोबार निर्देशिका जारी गर्ने प्रतिबद्धता जनाएको ९ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । गरगहना बनाउँदा लाग्ने ज्याला, जर्तीका सम्बन्धमा यससम्बन्धी निर्देशिकामा स्पष्ट व्यवस्था गरिनुपर्दछ । तर निर्देशिका नै नहुँदा केही व्यवसायीले गरगहना बनाउँदा लिने ज्याला र जर्ती शुल्क पनि फरक फरक पर्ने गरेको छ ।