उचित मूल्य नपाएको आक्रोशमा गत शनिबार चितवनका किसान नारायणगढ बजारको व्यस्त क्षेत्र पुलचोकमा प्रदर्शनमा उत्रिए । उनीहरूले नाराबाजी मात्रै गरेनन्, दुई गाडी गोलभेंडा, दुई गाडी फर्सी र दुई गाडी अन्य तरकारी सडकमा फालेर प्रदर्शन गरे । यो विरोधको एउटै कारण हो, भारतबाट तरकारी आएपछि आफूहरूले मूल्य नपाउनु । आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।