हिमालको पृष्ठभूमिमा जलवायु परिवर्तनबारे साहित्य बहस, ‘माछापुच्छ्रेको हिउँ आजको गर्मीले पग्

पोखरा : हिमाललाई पृष्ठभूमिमा राखेर भइरहेको छ नेपाल साहित्य महोत्सव। यस वर्ष धेरैको ध्यान मञ्चमा छलफलका लागि उठाइएको विषयसँगै पछाडि देखिएको माछापुच्छ्रेले पनि खिचेको छ। जुन हिउँ नबोकी उभिएको छ। मात्र कालो चट्टान। ९ औं महोत्सवको दोस्रो दिन। पहिलो सत्र ‘जलवायु परिवर्तन र भविष्य’ सुरुवात हुँदा माछापुच्छ्रेको फेदीतिरबाट धुँवाको

सम्बन्धित सामग्री

जलवायु परिवर्तन र अनुकूलन

जलवायु परिवर्तन संसारभरिकै जल्दोबल्दो मुद्दा हो । निकै वर्षअघि नै जलवायु परिवर्तन हुँदै गए पनि पछिल्ला दिनमा यसको चर्चा, परिचर्चा अलि बढी नै हुने गरेको छ । जलवायु परिवर्तनको बारेमा मुख्यगरी दुईटा मत बलियो रूपमा रहेको पाइन्छ । एउटा, जलवायु परिवर्तन केवल होक्स (हौवा) हो भन्ने मत छ भने अर्को यो मानव जाति र सिंगो प्रकृतिका लागि गम्भीर विषय हो भन्ने छ । यस्ता मतमा जुन बलियो भए पनि प्रकृतिमा जलवायु परिवर्तन भइरहेको छ । यस्तो परिवर्तनले समाजमा नकारात्मक र सकारात्मक दुवैखाले प्रभाव परिरहेको छ ।  नेपालकै कुरा गर्ने हो भने हिमालमा हिउँ जम्न छाडेको छ । हिमनदी पग्लिएका छन् । गर्मी बढेको छ । कृषिजन्य उत्पादनमा असर परेको छ । संकटापन्न जनावरहरूको संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरे पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा छ । यद्यपि नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरेको छ भने दक्षिण एशियाका १ अर्बभन्दा बढी जनसंख्याका लागि पानीको स्रोत सुनिश्चित गरेको छ । तापक्रममा वृद्धि भएसँगै हिजो ज्यादै जाडो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । अब ती ठाउँमा धानखेती गर्न सकिन्छ । त्यस्तै जलवायु परिवर्तनकै कारण चैत वैशाखमा फुल्ने गुराँस पुसमै फुल्न थालेको छ । स्याउखेतीमा पनि यस्तै देखिन थालेको छ । अर्थात् जलवायु परिवर्तनका कारण वनस्पति र जीवजन्तुमा देखिएको असरबाट हामीले के फाइदा लिन सक्छौं भन्नेमा लाग्नुपर्छ । हिजो जुन हावापानीमा कुनै फलफूल हुँदैनथ्यो अहिले त्यसका लागि अनुकूल भएको हुन सक्छ । तापक्रम वृद्धि हिमाली क्षेत्रतिर सरेसँगै ती क्षेत्रमा खेतीपाती प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ । यसका लागि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई अध्ययन गर्न लगाउन सकिन्छ । जलवायु परिवर्तनले खेतीपाती र पशुपालनमा केकस्तो परिवर्तन ल्याएर लाभ लिन सकिन्छ भन्नेमा उसलाई अध्ययन गर्न दिएर त्यसलाई कार्यान्वयनमा लैजान सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्लाई पनि त्यसतर्फ काममा लगाउन सकिन्छ । हुम्ला जुम्लामा बढी धान फलाउन सकिन्छ जसको मूल्य उच्च छ । त्यसैले जलवायु परिवर्तन समस्या हो तर समस्यामात्रै होइन लाभ पनि लिन सकिन्छ भनेर बुझ्नुपर्छ । वातावरण प्रदूषणमा नेपालको त्यति धेरै योगदान नभए पनि केही वर्षयता जथाभावी सडकलगायत भौतिक पूर्वाधार निर्माणका कार्य भने जारी नै छन् । त्यसैले धेरैथोर असर गरेको छैन भन्न सकिँदैन । त्यसैले जलवायु परिवर्तन अकस्मात् नियन्त्रणमा लिन सकिँदैन । तर, यसमा भइरहेको परिवर्तनअनुसार आफूलाई अनुकूलन गर्दै जान भने सकिन्छ ।  जलवायु परिवर्तन हुनुका कारण खोजी त्यसमा कमी ल्याउन विश्वस्तरमै काम हुन थालेको छ । तर, जलवायु परिवर्तन जुन मुलुकका कारण बढी भएको छ तिनले त्यसमा अकस्मात् नियन्त्रण गर्न सक्दैनन् । उनीहरूले प्रकृतिको अतिदोहन गरेर विकासको उचाइ चुमेका छन् तर, तिनकै कारण भएको जलवायु परिवर्तनले विपन्न र अविकसित मुलुक बढी मर्कामा छन् । त्यसैले विश्व रंगमञ्चमा नेपालले यो समस्यालाई उठाइरहेको छ ।  यी सबै कुरा सही छन् तर जलवायु परिवर्तनले असर गर्‍यो भन्दै त्यसको विरोध गर्नुको मात्रै अर्थ रहँदैन । बरु जलवायु परिवर्तनले दिएको अवसरको उपयोग गर्नेतर्फ लाग्नुपर्छ । वास्तवमा मानिसले आफूलाई जलवायु परिवर्तनसँगै अनुकूलन गर्दै ल्याएकाले नै ऊ अहिलेसम्म बाँचिरहन सकेको हो । त्यसैले अहिले जलवायु परिवर्तनले नेपालमा केके परिवर्तन आएको छ र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्नेमा काम गर्न ढिला गर्नु हुँदैन । जति नै रोइकराई गरे पनि विकसित देशहरूले जलवायु परिवर्तनको मुद्दालाई सजिलै समाधान गर्न सक्दैनन् । जलवायु परिवर्तनको आर्थिक लागतको विश्लेषण गर्दा अर्थतन्त्रलाई उनीहरूले बढी प्राथमिकतामा राख्छन् । त्यसो हुुँदा यो समस्या तत्काल समाधान हुन सक्ने देखिँदैन ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूले पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिको अवस्थामा जति थियो त्यो तहमा ल्याउने भनी वचनबद्धता व्यक्त गरेका छन् । तर, त्यसको कार्यान्वयन र अवधिमा भने विकसित र ठूला देशहरूबीच नै मतैक्य छैन । एक देशले अर्कोलाई आरोप लगाए पनि कुनै पनि देश अर्थतन्त्रलाई सुस्त पारेर जलवायुको पक्षमा काम गर्न तयार देखिएका छैनन् । त्यसैले नेपालले पनि केकस्ता असर परेको छ र त्यसबाट के कति लाभ लिन सकिन्छ भनेर काम थाल्न ढिला गर्नु हुँदैन । मुख्य कुरा अनुकूलन नै उपाय हो । कृषि उत्पादन, पशुपालन, जीवनशैलीलाई जलवायु परिवर्तनअनुसार अनुकूलन गर्नु बुद्धिमानी हुन्छ ।

जलवायु परिवर्तन : न वर्षा न हिमपात

–नवीन लामिछाने/  यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने […]

जलवायु परिवर्तनका असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन्।...

जलवायु परिवर्तनबाट नेपाल जस्ता देश बढीमात्रामा प्रभावित

प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विश्व नै ठूलो वातावरणीय संकटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील …

जलवायु परिवर्तन: हिमालमै हिउँ छैन, कृषि क्षेत्रमा असर

जुम्ला, माघ ३। यतिबेला हिमाली जिल्ला जुम्लाका डाँडापाखा र खेतबारी हिउँले ढाकिएका हुन्थे । हिउँले ढाकिएका जमिनमा माटो रसिलो हुने र मल खेतबारीमा भिज्ने हुँदा बाली फस्टाउँथ्यो । विगतमा मंसिर सुरु हुँदा डाँडाकाडा सेताम्मे हुन्थे । पहिले चाँदीझै टल्कने डाँडापाखा यो वर्ष भने उराठलाग्दा छन् । हरेक वर्ष हिउँ कम पर्दै गएको छ । हिमपातमा […]

जलवायु परिवर्तन खेलाँची रहेन

कार्बनडाइअक्साइडको बढ्दो उत्सर्जनका कारण विश्वको तापक्रम बढेको छ। वनमा डढेलोको प्रकोप बढेको छ, समुद्री सतह वृद्धि भएको छ भने वर्षाको आधारभूत चरित्र बदलिएको छ। तापमानमा भएको बढोत्तरीका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ।...

जलवायु परिवर्तन : आईपीसीसीको रिपोर्ट मानवताका लागि ‘खतराको घण्टी’

संयुक्त राष्ट्र सङ्घले विश्वको तापक्रम तीव्ररुपमा बढिरहेको र यसका लागि मानव जाति जिम्मेवार भएको बताएको छ । इन्टरगर्भमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले आफ्नो रिपोर्टमा पृथ्वीको सतहको औसत तापक्रम २०३० सम्म १.५ डिग्री सेल्सियसले बढ्ने प्रक्षेपण गरेको हो। यो बढोत्तरी यसअघिको पूर्वामानुमानभन्दा एक दशक पहिले नै हुने बताइएको छ ।रिपोर्टमा बढ्दो तापक्रमले विश्वभर मौसमसँग जोडिएका भयङ्कर विपद्हरू आउने उल्लेख छ । विश्वले अहिले नै हिउँ पग्लिने, समुद्रको जलस्तर बढ्नेलगायत समस्यासँग जुध्दै आइर

हाम्रो सभ्यता कतै बिनासतर्फ लम्किरहेको त छैन ?

जलवायु परिवर्तन विश्वमा प्रमुख समस्याको रुपमा देखा परेको छ ।  जलवायु परिवर्तनकै कारण धर्तीको तापमान बढेको छ । हिउँ पग्लेर समुद्रमा पानीको स्तर बढिरहेको छ भने खोलानाला, समुद्रको पानी तातो भएर माछा लगायतका समुद्री जीवको संख्या समेत घट्दै गएको छ । बढ्दो जनघनत्व, बढ्दो शहरीकरण, वायु प्रदुषण, जनयुद्ध, नयाँ नयाँ रोग, खानपिनको कमी यस्ता चुनौतीहरु […]