नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोध्नुभयो, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किनुभयो।

सम्बन्धित सामग्री

भारु बलियो बन्दा घट्यो डलरको मूल्य

काठमाडौं । भारतीय रुपैयाँ (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले रिपो दर यथावत् राखेको घोषणापछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो ।  उक्त घोषणाअघि एक समय ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य पछि घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो । भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो ।  भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । जसका कारण नेपालमा डलरको मूल्य घटेको छ । बिहीवार बिहानको तुलनामा एभरेष्ट बैंकले डलरको घटाएको छ । एभरेष्ट बैंकले कारोबार शुरु हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्री दर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको छ । एभरेष्टले कारोबार शुरु हुँदा डलरको विक्री दर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।  सनराइज बैंकले भने बिहीवारको कारोबार शुरु हुँदाको तुलनामा डलरको विक्री दर बढाएको छ । बिहीवारको कारोबार शुरु हुँदा १३१ रुपैयाँ ३० पैसामा कारोबार गरेको सनराइजले दिउँसो १० पैसा बढाएर १३१ रुपैयाँ ४० पैसा तोकेको छ । अन्य बैंकहरूमा भने डलरको विक्री दर यथावत् छ ।  नेपाल राष्ट्र बैंकले भने बिहीवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ५१ तोकेको थियो ।

नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

दार्चुला, फागुन २८। दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे । शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, “तपाईंसँग भारु छ कि नेरु ?” धामीले भारु भएको बताउनेबित्तिकै […]

सीमा बजारमा भारु भयो कमजोर : १५७ रुपैयाँमा किनबेच

नेपाल राष्ट्र बैंकले भारतीय सय रुपैयाँबराबरको नेपाली एक सय ६० रुपैयाँ खरिद–बिक्री दर तोकेको छ । तर, पछिल्लो तीन सातादेखि भारतीय सीमानाका भैरहवा बजारमा एक सय ५७ रुपैयाँमा पनि भारतीय मुद्रा...

नेपाली मुद्रा इतिहास कै कमजोर अवस्थामा, डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३१ रुपैयाँ ४८ पैसा कायम गरेको छ। डलरको विक्रीदर १३२ रुपैयाँ ०८ पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो । केहि दिन स्थिर रहेको डलरको दर फेरी बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसको अर्थ नेपालीहरुले एक डलर किन्न १३१ रुपैयाँ ४८ पैसा खर्च गर्नु पर्नेछ । अर्थात् नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ। नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो। पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा डलर बलियो हुदै गएको छ ।  भारतीय मुद्रा (भारु) भने कमजोर बन्दै आएको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । नेपालमा पर्नेछ यस्तो असरडलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ५० लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।  यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ। डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ। नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ। डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ। औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ। डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ। यो पनि : अमेरिकी डलर किन यति बलियो भएको हो, यसले नेपाललाई कसरी प्रभाव पार्छ ?

झनै कमजोर बन्यो नेपाली रुपैयाँ

२१ असोज, काठमाडौं । अमेरीकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा […]

अमेरिकी डलर अहिलेसम्मकै उच्च १३० रुपैयाँ ९० पैसा पुग्यो : नेपाली रुपैयाँ कमजोर

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ । गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपा...

नेपाली रुपैयाँ इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत

नेपालमा ‘कमजोर’ व्यापार गर्दा ‘ब्रह्मास्त्र’लाई विश्वभरबाट ३०० करोड भारु

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले नेपाली बक्स अफिसमा पहिलो साता अनुमानित साढे २ करोड रुपैयाँ ग्रस व्यापार गरेको छ । हाइप र स्टार कलाकार भएको फिल्मको यो व्यापार औसतभन्दा निकै कम हो । रणवीरकै अघिल्लो फिल्म ‘सञ्जु’ले नेपाली बक्स अफिसमा पहिलो साता यो भन्दा उच्च कमाइ गरेको थियो । […]

डलरसँग भारु कमजोर हुँदा किन झस्किंदैछ नेपाल ?

अर्थतन्त्र आत्मनिर्भर नहुँदा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ र डलरको सम्बन्ध यति जटिल र संवेदनशील बनेको छ कि यो मौद्रिक तथा आर्थिक मात्रै नभएर राजनीतिक, कुटनीतिक र सामाजिक विषय बन्न पुगेको छ ।

थप कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ ।  बुधबार अमेरिकी डलरको विनियम दर १२४.६४ रुपैयाँ थियो ।रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय र