नेपाली मुद्रा इतिहास कै कमजोर अवस्थामा, डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३१ रुपैयाँ ४८ पैसा कायम गरेको छ। डलरको विक्रीदर १३२ रुपैयाँ ०८ पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो । केहि दिन स्थिर रहेको डलरको दर फेरी बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसको अर्थ नेपालीहरुले एक डलर किन्न १३१ रुपैयाँ ४८ पैसा खर्च गर्नु पर्नेछ । अर्थात् नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ। नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो। पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा डलर बलियो हुदै गएको छ ।  भारतीय मुद्रा (भारु) भने कमजोर बन्दै आएको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । नेपालमा पर्नेछ यस्तो असरडलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ५० लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।  यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ। डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ। नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ। डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ। औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ। डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ। यो पनि : अमेरिकी डलर किन यति बलियो भएको हो, यसले नेपाललाई कसरी प्रभाव पार्छ ?

सम्बन्धित सामग्री

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।...

आइफोनमा स्क्रिन रेकर्ड कसरी गर्ने ?

१२ पुस, काठमाडौं। आइफोनमा यस्तो कामलाग्ने फिचर हुन्छ जसबाट प्रयोगकर्ताले आइफोनको स्क्रिन रेकर्ड गर्न सक्दछन् । यो फिचरको सहयोगले मात्र स्क्रिनमा केही ट्याप गर्दा आइफोनमा मनपर्ने क्लिपहरु रेकर्ड गर्न, आफ्ना मित्र तथा परिवारजनसँग आइफोनबाट केही कुरा शेयर गर्नेलगायतका विभिन्न काम गर्न सकिन्छ । आइफोनमा स्क्रिन रेकर्ड गर्ने विधि यस्तो छ :  Setting एप खोल्नुहोस्  त्यसपछि […]

आफ्नै रेकर्ड तोडेर छैठौं पटक गिनिज बुकमा दिनेश सुनार, अन्य ४ रेकर्ड प्रकृयामा

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । उनको यो छैठौं विश्व रेकर्ड हो । ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका छन् । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको हो । गत बर्ष […]

गीतकार डा. डीआर उपाध्यायकाे नाममा १०८ विश्व रेकर्ड

काठमाडौं: गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन्। ४ वर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन्। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्‍याएका हुन्। उपाध्यायले  एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्ड जस्त

‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

ट्रेलर रिलिज भएपछि नै धेरै रेकर्ड तोडेको दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले अर्को नयाँ रेकर्ड बनाएको छ। चलचित्रले स्याटेलाइट राइट्स बिक्रीको तमिल र मलयालम चलचित्र उद्योगको रेकर्ड तोडेको हो। चलचित्रको...

निर्देशक शेर्पाले बनाए अर्को रेकर्ड

गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन्। शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् ।  विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड शेर्पाले राखेका हुन् । शेर्पाले सन् २००४ मा “गीत एक अक्षरको“ नामक एल्बममा देवनागरी लिपिको एक अक्षर “म“ मात्रै प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए, भने हालै त्य