काठमाडौं, १७ कार्तिक । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ती गाडी प्रदान गरेका हुन् । ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने […]