मुक्तिनाथ विकास बैंक @M का ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले छुट पाउने भएका हुन् ।आगन्तुक रिसोर्ट धुलिखेलमा छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएममार्फत नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आएको छ ।